आगामी तीन दिनको मौसम पूर्वानुमानः चिसो बढ्न सक्ने

आगामी तीन दिनको मौसम पूर्वानुमानः चिसो बढ्न सक्ने


३ पौष, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ ।

दिउँसोः प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाईएको छ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ ।

यस्तै आज राती प्रदेश–१, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताईएको छ ।

यस्तै भोली दिउँसोः प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै पर्सि दिउँसोः प्रदेश–१ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर