२४ चैत्र, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ । उक्त निर्णय आज संसद सचिवालयमा दर्ता भएको छ ।
चारै जना मन्त्रीहरु सांसद नरहेको कुरा माओवादी केन्द्रले आज संसद् सचिवालयलाई जानकारी गराएको हो । यसअघि पार्टीले ती नेताहरुलाई तत्काल पार्टीमा फर्किनको लागि आग्रह गरेको थियो । पछि, २४ घण्टे स्पष्टीकरणसमेत सोधेको थियो । तर ती मन्त्रीहरुले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने उद्घोष गरेका थिए ।
पार्टीका सार्वजनिक कार्यक्रममै अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई साथ दिने पार्टीबाट मन्त्री भएकाहरुलाई अब पार्टीमा ठाउँ नभएको बताउनुभएको थियो ।
तर, पार्टीले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई भने कारबाही गरेको छैन् ।