म्यान्मारमा सैन्य ‘कु’ ! अब के होला ?

२० माघ, काठमाण्डौँ । म्यानमार सेनाले आफूहरुले देशको सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाले आङ सान सूकीसमेत थुप्रै नेतालाई हिरासतमा लिएको छ । साथै देशका मुख्य शहरका सडकमा सैनिक तैनाथ गरेको छ र सञ्चार व्यवस्थामाथि सिमित रोक लगाइदिएको छ । आजभन्दा १० वर्षअघि सेनाले सत्ताको हस्तान्तरण जनताले छानेको सरकारलाई गरेको थियो । सैन्य कूको खबरले देशमा एकपटक पुनः भयको स्थिती पैदा भएको छ । सन् २०११ मा..

नेपालमा अब हिंसात्मक आन्दोलनको सपना नदेख्न प्रचण्डलाई ओलीको चेतावनी

१८ माघ, सिरहा । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिनुभएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसलाई आज सिरहामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, प्रचण्डले अस्ति भनेको तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?,..

म्यान्मारमा सैन्य ‘कु’, सर्वाधिक प्रभावशाली नेता सुकी नजरबन्दमा

१९ माघ, काठमाण्डौँ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी सहित देशका वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम..

अदालतको अवहेलना गरेको भन्दै प्रचण्ड बिरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता

१९ माघ, काठमाण्डौँ । अदालतको अवहेलना गरेको भन्दै नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको..

९१ प्रतिशत नेपाली आधारभूत खानेपानीको पहुँचमा

१८ माघ, काठमाण्डौँ । नेपाल सरकारले आगामी तीन वर्षभित्र शतप्रतिशत जनतामा आधारभूत खानेपानीको सुविधा पुर्याउने लक्ष्य सार्वजनिक गरेसँगै खानेपानीको विभिन्न आयोजनाहरूको निर्माणमा तीव्रता आएको छ । जनतामा आधारभूत खानेपानी पुर्याउने सरकारको लक्ष्य हालसम्म ९१ प्रतिशत सफल भएको खानेपानी मन्त्रालयले जनाएको छ । संविधानमा मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी र सरसफाइको हकबाट कोही पनि विमुख हुन नपरोस् भन्ने उद्देश्यले सरकारले आगामी तीन वर्षभित्र सबैमा आधारभूत खानेपानी र्पुयाउने गरी काम गरिरहेको..

कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आव्हान

१८ माघ, काठमाण्डौँ । कोरोनाविरुद्धको खोप सबै लक्षित व्यक्तिहरूलाई लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आव्हान गरेको छ । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले हाल प्रयोग गरिएको कोरोना शिल्ड खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भइसकेकाले खोप अभियानको प्राथमिकतामा परेका सबै व्यक्तिहरूलाई आ–आफ्नो पालोमा खोप लगाउन आग्रह गर्नुभयो । डा. गौतमले खोप लगाइसकेपछि केही व्यक्तिहरूमा देखिएका सामान्य असरहरूका सबै लक्षणहरू केही समयभित्रै ठिक..

पूर्वप्रधानमन्त्रीहरूले लौरो टेकेर पार्टी ध्वस्त पार्न लागेः प्रधानमन्त्री ओली

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड–माधव’ पक्ष भन्नेहरू देशलाई बरबाद गर्ने बाटोमा हिँडिरहेको बताउनुभएको छ । नेकपा चितवनले भरतपुरमा आज आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाललाई इङ्गित गर्नुहुँदै उहांँहरुले बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त पार्न र देशलाई बरबाद गर्ने बाटोमा लागेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउन उहाँहरु लागेको भए पनि पार्टी फुटेको नभई पार्टीबाट केही..

आजसम्म ६४ हजार ४ सय २२ जनाले कारोना विरुद्धको खोप लगाए

१७ माघ, काठमाण्डौँ । आज देशभर १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश–१ मा १ हजार ५ सय ४७, प्रदेश–२ मा २ हजार १ सय १०, वाग्मती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप..

केपी ओली प्रतिक्रान्तिका गोटीः प्रचण्ड

१६ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिका गोटी भएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ । आज विराटनगरमा आयोजित प्रदेश–१ स्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री प्रतिकृयावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता..

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

१६ माघ, काठमाण्डौँ । आज शहीद दिवस । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाईएको छ । विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा आज विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । सोही अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम..