मुख्य समाचार
प्रधानमन्त्रीले लगाए कोरोना विरुद्धको खोप
२३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना विरुद्धको खोप लगाउनु भएको छ । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो । उहाँहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो । खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक..
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुग्यो
२२ फाल्गुन, काठमाण्डौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फाल्गुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुको पानी फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको हो । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको हो । आयोजनाको..
नेकपा ओली पक्षको संसदीय दलको बैठक सम्पन्न, ११५ जना सांसदको उपस्थिती
२२ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो । प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा संसदीय दलका नेता एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिनुभएको थियो । भोलि बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले..
महाशिवरात्रि मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गर्यो
२२ फाल्गुन, काठमाण्डौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको हो । यसैगरी कोषाध्यक्ष डा. मिलन थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति..
सहमति पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा
२१ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र सदस्य डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गर्नुभएको..
प्रदेश–१ मा नेकपाको नयाँ अंकगणितः ओली पक्ष ३०, प्रचण्ड–माधव समुहमा ३५ सांसद
२० फाल्गुन, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा प्रदेश–१ नेकपाको संसदीय दलमा बलियो अवस्थामा रहेको प्रचण्ड–नेपाल पक्ष लगातार कमजोर बन्दै गएको छ । यो समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै आफ्नो पक्षमा टिकाउन नसक्दा मुख्यमन्त्री राई पक्षले सांसद संख्या बढाइरहेको छ । संसद् बैठक सकेसम्म लम्ब्याउने र अरू सांसद आफूतिर तान्ने सरकारी रणनीति सफल हुँदा प्रचण्ड–नेपाल समूह पहिलेको दाँजोमा कमजोर बनेको हो । यद्यपि..
वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने छः प्रधानमन्त्री ओली
२० फाल्गुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने बताउनुभएको छ । उहाँले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक तीन हजार पुगेको उल्लेख गर्दै अब छिट्टै पाँच हजार पुर्याइने बताउनुभयो । आज सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भन्नुभयो–‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता पाँच हजार पुर्याइने उल्लेख गरेको..
सरकार र विप्लव समूहवीच तीनबुँदे सहमति, दलहरुद्धारा सहमतीको स्वागत
२० फाल्गुन, काठमाण्डौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपावीच आज बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ । सहमतिको विस्तृत विवरण भोली दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ । विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।..
आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय
२० फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वाेच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वाेच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फाल्गुन १८ गते..
म्यानमारको सैनिक ‘कू’ विरुद्ध प्रदर्शन चर्किदैं, एकै दिन ३८ जना मारिए
२० फाल्गुन, काठमाण्डौँ । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७