नेपाल पत्रकार महासंघको मतगणना सम्पन्नः अध्यक्षमा विपुल पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघको मतगणना सम्पन्नः अध्यक्षमा विपुल पोखरेल निर्वाचित

२८ चैत्र, काठमाण्डौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनुभएको छ । आज अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी प्यानलका उम्मेद्धवार पोख्रेल नेतृत्वको संयुक्त प्यानल नै विजयी भएको हो । अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गर्नुभयो ।

महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गर्नुभएको हो । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित हुनुभएको छ ।

महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गर्नुभयो । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ भने शर्मा प्यानलका रामकृष्ण ज्ञवाली पराजित हुनुभएको छ । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बन्नुभएको छ ।

आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित हुनुभएको छ । । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभयो । उहाँहरु सबै पोख्रेल प्यानलका हुन् ।

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270