स्वास्थ्य मापदण्ड अनिवार्य गर्न स्वास्थ्य मन्त्री त्रिपाठीको आव्हान

स्वास्थ्य मापदण्ड अनिवार्य गर्न स्वास्थ्य मन्त्री त्रिपाठीको आव्हान


२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना सङ्क्रमणको अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गर्नुभएको हो ।

आगामी असार मसान्तसम्ममा ६० लाख भन्दाबढी जनतालाई खोप प्रदान गरिसक्ने योजना रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि औषधि व्यवस्थापन र रोकथाम लगायतका सबै खर्चमा हालसम्म रु पाँच अर्ब १७ करोड ७२ लाख ८३ खर्च भएको तथा आगामी दिनमा औषधिलगायतका लागि ४८ अर्ब बजेट सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो ।

महामारी सङ्क्रमण रोकथाम गर्ने सन्दर्भमा चार लाखभन्दा बढी व्यक्तिलाई विगतमा क्वारेन्टिनमा राखिएको तथा सङ्क्रमण रोकथाममा प्रदेश र स्थानीय तहबाट राम्रो भूमिका निर्वाह भएको जानकारी दिइयो । हाल मुलुकमा ४८ स्थानमा सरकारी र ३६ गैरसरकारी स्थास्थ्य केन्द्रमा परीक्षण प्रयोगशाला स्थापित गरिसकिएको सो अवसरमा जानकारी दिइयो । रासस

प्रतिक्रिया:

सम्बन्धित खवर