त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेपालको कीर्तिमानी जीत

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेपालको कीर्तिमानी जीत


११ वैशाख, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । आजर त्रिविको क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो ।

५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै आज नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने २ विकेट कमल ऐरीले लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि फिलिपे बोसेभाइनले २ विकेट लिए । नेदरल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्यान्डसित तीन विकेटले पराजित भएको थियो ।

चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्डले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड पराजित भएको थियो ।

यो नेपालको टी २० अहिलेसम्मकै सर्वाधिक स्कोर हो । यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा बनाएको २३६ रन नेपालको उच्च स्कोर थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर