सर्वदलीय बैठकमा कोरोना नियन्त्रण तथा उपनिर्वाचनको विषयमा छलफल भयोः मन्त्री ज्ञवाली

सर्वदलीय बैठकमा कोरोना नियन्त्रण तथा उपनिर्वाचनको विषयमा छलफल भयोः मन्त्री ज्ञवाली

४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा कोरोना सङ्क्रमण नियन्त्रण, उपनिर्वाचन तथा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसको बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचन तथा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले बैठकमा विभिन्न कारणबाट रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने विषयमा छलफल भएको र नेपाली काँग्रेसले भदौमा हुने पार्टीको महाधिवेशन प्रभावित नहुने गरी उप–निर्वाचनको मिति तय गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

यस्तै सर्वदलीय बैठकमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कोपरेशन (एमसिसी) लगायत प्रतिनिधिसभामा लामो समयदेखि छलफल हुन नसकेका विषयहरू अगाडि बढाउने बारे पनि छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री बिमलेन्द्र निधी, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल लगायतको सहभागिता रहेको थियो ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरू भने अनुपस्थित थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270