कृषि मन्त्री नेम्वाङ धान रोप्दै

कृषि मन्त्री नेम्वाङ धान रोप्दै


१५ असार, काठमाण्डौँ । राष्ट्रिय धान दिवसको अवसमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धान रोप्नुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा भएको रोपाईमा मन्त्री नेम्वाङले धान रोप्नु भएको हो ।

आज देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको हो ।

कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर