विद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

विद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनुभएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । शाक्यको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उहाँलाई हटाउने तयारी थालेको हो ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पार्नुभएको थियो ।

त्यतिबेलै उहाँको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270