
३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताउनुभएको छ । भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
देउवा सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या र्पुयाउन नसकेको अध्उइा ओलीले बताउनुभयो । ‘४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि हुने रे । हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तीनको पार्टी दर्ता हुन पनि पाउँदैन ।’ उहाँले भन्नुभयो ।
ओलीले सरकार विद्यार्थीको प्रदर्शनमाथि दमन गरेर आफ्नो चरित्र प्रदर्शन गर्न लागेको भन्दै एमालेलाई सरकारी दमन सैह्य नहुने चेतावनी पनि दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७