मुख्य समाचार

सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन
२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । हिजो बेलुका प्रदेश संसदीय दलको नेतृत्वमार्फत प्रदेश सभा सदस्य वैद्यलाई अभिव्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताउनुभएको छ । काँग्रेसले शान्तिपूर्ण..

बाग्मती प्रदेश सांसद वैद्यललाई कारवाही गर्न एमालेको माग
२९ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्नुहुँदै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको छ । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने वैद्यको अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको र नीजलाई फौजदारी अभियोगमा कार्वाही गर्नु पर्ने उल्लेख गर्नुभएको छ । ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो..

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीको दावी
२८ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको छ । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले आज दावी पेस गरेका छन् । नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । नेपालीसँग..

गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा नयाँ सरकार गठनका लागि आह्वान
२८ जेष्ठ, कास्की । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ बमोजिमको प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि आज पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा भोली शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै..

गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल
२७ जेष्ठ, कास्की । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बन्नुभएको छ । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिन प्रयास गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो..

विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत
२७ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको..

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तारः को को बने मन्त्री ?
२७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्नुभएको हो..

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त, सुदूरपश्चिम प्रदेश सरकार जोगियो
२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा उहाँलाई ३० सांसदले विश्वासको मत दिएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गर्नुभएको हो ।

निषेधाज्ञामा पनि अनलाइन व्यवसाय नरोक्न सर्वाेच्चको आदेश
२५ जेष्ठ, कैलाली । सर्वाेच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो । ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इकमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ । यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि संञ्चालन..

शैक्षिक प्रमाणपत्र धितो राखेर कसरी ऋण पाउने ? कस्ता हुन्छन् प्रक्रिया ?
२४ जेष्ठ, काठमाण्डौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जब अर्थमन्त्री विष्णु पौडेलले यो बुँदा पढे तब युवाहरु विलकुलै नयाँ कार्यक्रम आए जसरी सामाजिक सञ्जालमा पोखिए..