लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा नयाँ सरकार गठनका लागि आह्वान

२७ श्रावण, वुटवल । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखले साउन २८ गते बिहीबार दिउसो ३ बजेसम्मको समय तोक्नुभएको छ । यो समय जम्मा २४ घण्टाको समय हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा

२७ श्रावण, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनुभएको बताउनुभयो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई..

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ श्रावण, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भद्रमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले हिजो (मंगलबार) गराएको थियो । योसँगै..

मिलीजुली सरकारको साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी

२४ श्रावण, काठमाण्डौँ । मिलीजुली सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिंदै छ । सिंहदरबारमा अपराह्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । त्यसअघि खनज बिहान १० बजे शीर्ष नेता र कार्यदल संयोजकबीच छलफल गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर..

एमालेको स्थायी कमिटी बैठक भोली बस्दै

२४ श्रावण, काठमाण्डौँ । नेकपा एमालेले भोलीका लागि स्थायी कमिटी बैठक बोलाएको छ । भोली बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिनुभएको छ । भोली नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उहाँको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् । यसअधि आजका लागि बैठक पार्टी एकता पहलका लागि भन्दै भोलिका लागि सारिएको उहाँको भनाई छ । यही श्रावण २१ र २२..

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न बोर्डको बैठक बस्दै

२३ श्रावण, काठमाण्डौँ । कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही श्रावण ३१..

कक्षा १२ लगायत सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस

२२ श्रावण, काठमाण्डौँ । कक्षा १२ लगायत सबै तहको परीक्षा तत्कालका लागि स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले परीक्षाहरु स्थगित गर्न सिसिएमसीलाई सिफारीस गरेको हो । आज स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको जानकारी दिनुभएको छ । उहाँले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन..

मधेसमा महन्थ र उपेन्द्र आमनेसामने

२२ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले समाधान गरे पनि पार्टीभित्र तनाव कम भएको छैन । परिणामस्वरुप मधेसमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष आमनेसामने भएका छन् । दुवै पक्ष आ–आफ्नो कार्यक्रम लिएर मधेस झरेका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि उनीहरुले कार्यक्रम आयोजना गर्न थालेका हुन् । उपेन्द्र यादव पक्षले केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता..

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै डा. केसीद्धारा अनशन थाल्ने घोषणा

२२ श्रावण, काठमाण्डौँ । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग राख्दै अनशन थाल्ने घोषणा गर्नुभएको छ । उहाँले आगामी भाद्र ३ गतेबाट अनशन सुरु गर्ने घोषणा गर्नुभएको हो । आज एक विज्ञप्ती जारी गर्दै डा. केसीले यस्तो घोषणा गर्नुभएको हो । त्यस्तै, यसअघि सरकारसँग भएका सहमति तथा सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ । डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सार्वजनिक..

एमाले माधव पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, अन्यौलताबारे निर्णय आउने

२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको बताईएको छ । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय..