महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता

महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता


२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि आज बुधबार आयोग पुगेको हो ।

सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिनुभयो ।

आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताउनुभयो । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ ।

दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताउनुभयो । उहाँले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर