मुख्य समाचार
मनाङपछि मुस्ताङ बन्यो कोरोना विरुद्धको पूर्ण खोप लगाउने दोस्रो जिल्ला
२० श्रावण, मुस्ताङ । मनाङ पछि १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ बनेको छ । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप लगाइएको छ । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका दुई सय १३ नागरिकलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको सङ्ख्या ९ हजार ५१३..
ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री देउवाको तारो
२० श्रावण, काठमाण्डौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उहाँले धमाधम नियुक्ति खारेजी र बदर गर्न सुरु गर्नुभएको छ । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालिएको छ । देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा आयोगमा नियुक्ति गरिएको छ । नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनाइएका हितेन्द्र देव..
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णय
१९ श्रावण, काठमाण्डौँ । देउवा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । यो आयोग तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग थियो । भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो । यस्तै बैठकले..
निर्वाचन आयोगद्धारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज
१९ श्रावण, काठमाण्डौँ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती राजनीतिक दलहरु खारेज भएका हुन् । आयोगको आज बसेको बैठकले यही श्रावण २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगमा एक सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब..
विद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन
१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनुभएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । शाक्यको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उहाँलाई हटाउने तयारी..
एमाले र जसपा (महन्थ पक्ष)बीच सहकार्य जारी रहने
२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी महन्थका शीर्ष नेताहरुबीच छलफल भएको छ । दुई पार्टीबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको हो । ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताउनुभयो । ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुग्नुभएको थियो । जसपाको आधिकारिकता विवाद निर्वाचन..
पार्टी एकता लागि एमालेका दोस्रो तहका नेताहरु पुनः छलफलमा
२ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहनुभएको थियो । यस्तै एमाले..
आज साउने सक्रन्ती, किरात लिम्बु समुदायले भने सिसेक्पा तङ्नाम मनाउदैँ
१ श्रावण, काठमाण्डौँ । आज साउने सक्रन्ती । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने..
प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश
१ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री देउवा आज विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उहाँको सचिवालयले जनाएको छ । उहाँ गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आउनुभएके थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुभएको थियो ।
नवनियुक्त तीन मन्त्रीद्धारा पदभार ग्रहण
३० असार, काठमाण्डौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज कार्यभार सम्हाल्नुभएको छ । उहाँले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उहाँले मन्त्रीको कार्यभार सम्हाल्नुभएको थिएन । आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गर्नुभएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गर्नुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७