
१३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाललाई आफैंसँग भएका नेतालाई आफ्नो पार्टीको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिनुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताउनुभएको थियो ।
नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भन्नुभएको छ, ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’
नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताउनुभएको थियो । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताउनुभएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७