एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय

३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेलाई फुटबाट जोगाउन नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् । अहिले एमालेको औपचारिक विभाजन रोकेर एकताको रसायन निर्माणमा बामदेव गौतम सबैभन्दा सक्रिय देखिनुभएको छ । उहाँले एकता पक्षधर नेताहरुसँग नियमित भेटघाट बढाउनुभएको छ । गौतम निवास भैंसेपाटीमा एकता पक्षधर नेताहरुको आवतजावत बाक्लो हुन थालेको छ । गौतमसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नियमित छलफल गर्दै..

कोटेश्वसमा माधव नेपाल, देउवा र प्रचण्डबीच भेटवार्ता

३१ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताईएको छ । आज साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

एसइईको नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

३१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए श्रावण १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो । विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।..

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

३१ जेष्ठ, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा आएको समस्याका कारण खनाल आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । स्वास्थ्यमा आएको सामान्य समस्याको कारण उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले पुष्टि गरेको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालममै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

माधव नेपालको तन एमालेमा भएपनि मन प्रचण्डसंग छः विशाल भट्टराई

३० जेष्ठ, विराटनगर । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गर्नुभएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर थप शर्तहरु तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ । तर, नेपाल पक्षका प्रभावशाली नेताहरुले भने माधव नेपाललाई कुनैपनि हालतमा साथ नदिने उहाँको दाबी छ । नेपाल पक्षधर स्थायी कमिटी..

सर्वाेच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’मा जान्छः नेता नेम्वाङ

३० जेष्ठ, काठमाण्डौँ । कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट)मा जाने भएको छ । उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनका लागि सर्वाेच्च जान लागेको एमाले संसलीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले आफूहरु प्रकृयालाई मान्ने भन्दैै कर्णालीका बारेमा केही प्रश्नहरु उठेकाले पुनरावलोकनका लागि जान लागेको बताउनुभयो । नेता नेम्वाङले अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने तर अनावश्यक..

मुख्यमन्त्री नेपालीको पहिलो निर्णयः पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने

३० जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यमन्त्रीहरुलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले यो संगै विभिन्न निर्णयहरु गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आज विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो..

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र १६ देखि १९ सम्म काठमाडौंमा हुने

२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भाद्र महिनाको १६ गते देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गरेको हो । यसअघि काँग्रेस महाधिवेशन भाद्र ७ गते देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । काँग्रेसको क्रियाशील सदस्यता वितरणको काम केही बाँकी रहेकाले सार्ने निर्णय भएको जनाइएको छ । सभापति..

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

२९ जेष्ठ, कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री नेपालीले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर..

सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

२९ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । हिजो बेलुका प्रदेश संसदीय दलको नेतृत्वमार्फत प्रदेश सभा सदस्य वैद्यलाई अभिव्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताउनुभएको छ । काँग्रेसले शान्तिपूर्ण..