‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’ भन्दै अध्यादेशको विरुद्धमा अनेरास्ववियुको प्रर्दशन

१ भाद्र, काठमाण्डौँ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन गरेको छ । अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् । काठमाडौंको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार र बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले ‘विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन’, ‘परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । अनेरास्ववियुले दल विभाजनसम्बन्धी सरकारको..

माधव नेपालसहित १४ जना सांसदमाथी एमालेको कारवाही

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले आज मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।

एमाले फुटाउन अध्यादेश ल्याउदै देउवा सरकार

३२ श्रावण, काठमाण्डौँ । देउवा सरकारले एमाले फुटाउन राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एमालेको माधव नेपाल पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउन लागिएको हो । अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति..

प्रदेश–२ का प्रमुख राजेश अहिराज बर्खास्त, हरिशंकर मिश्र सिफारिस

३२ श्रावण, काठमाण्डौँ । प्रदेश–२ सरकारका प्रमुख राजेश अहिराज (झा)लाई सरकारले बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो । महोत्तरीको पिपरा गाउँपालिकाका उहाँ नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुनुहुन्छ । वि.स. २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय..

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

३१ श्रावण, काठमाण्डौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अलजजिराले जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ । अफगानिस्तानको काबुलमा तालिवान पसिसकेका छन् । उनीहरुले सरकारी सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । काबुल बाहिर जान..

एमाले नेताद्धय भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्लीमा

३१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका दुई नेता भीम आचार्य र सुरेन्द्र पाण्डे भारतको नयाँ दिल्ली पुगेका छन् । एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका हुन् । एमाले सचिवसमेत रहनुभएका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् । नेताद्धय आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय..

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा

३१ श्रावण, काठमाण्डौँ । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आज बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा गरेका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ । यसैबीच, अमेरिकाले..

प्रधानमन्त्री देउवा र पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता

३० श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । पूर्व कप्तान खड्काले १९ श्रावणमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गर्नुभएको थियो । त्यसअनुसार नै आज भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिनुभयो । बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोर्होर्याउनुभएको थियो, ‘क्रिकेट किन छाड्नुभयो ? खड्काले यो व्यक्तिगत निर्णय..

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरू आमरण अनसनमा

३० श्रावण, काठमाण्डौँ । भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको शनिबार ८ औँ दिन प्रवेश गरेको छ । बेलायती सांसदहरू र विपक्षी दल लेबरको समेत दबाब हुँदा पनि गोर्खा मागबारे बेलायत सरकार अझै मौन छ । वर्षाैँदेखि आफूहरूलाई विभेद गरिएकामा भूतपूर्व गोर्खा सैनिकहरू निकै आन्दोलित र आक्रोशित छन् । बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै १७ दिनको रिले अनसनपछि गत शनिबारदेखि..

परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

२७ श्रावण, काठमाण्डौँ । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न माग गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप..