न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक आज बस्दै, १४ जना न्यायाधीशद्धारा बहिस्कार

न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक आज बस्दै, १४ जना न्यायाधीशद्धारा बहिस्कार


८ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतका न्यायाधीशहरुको बैठक अर्थात ‘फुलकोर्ट’ बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाउनुभएको हो ।

आजको बैठकमा नेपाल बार एसोसियसनका पदाधिकारीलाई समेत बोलाईएको छ । सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ ।

प्रधानन्यायाधीशले आफूविरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताउनुभएको छ । यद्यपि सर्वाेच्चका १४ जना न्यायाधीशहरुले आजको बैठक बहिस्कार गर्दैछन् ।

हिजो बसेको १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म उनैले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको थियो । आज पनि १४ न्यायाधीशबीच छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश राणालाई संवैधानिक निकायदेखि मन्त्रिपरिषदमा समेत भाग खोजेको आरोप लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राणाका जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । आलोचना बढेपछि गैरसांसद हमालले दोस्रो दिन नै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर