उदयपुरमा पिसिआर परिक्षणको दायरा बढाइयो, ६ सय ५९ जनाको परिक्षण सम्पन्न

उदयपुरमा पिसिआर परिक्षणको दायरा बढाइयो, ६ सय ५९ जनाको परिक्षण सम्पन्न

२० वैशाख, उदयपुर । उदयपुर जिल्लामा पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाइएको छ । उदयपुरमा हालसम्म ६५९ को पिसिआर परिक्षण गरिएको छ भने १४२ जनाको आरडिटि परिक्षण गरिएको जनाइएको छ ।

पिसिआर परिक्षण गरिएका मध्ये जिल्लाका ५३१ जनाको रिपोर्ट आइसकेको र त्यसमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बाँकीमा नेगेटिभ देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताउनुभयो ।

उहाँका अनुसार चौदण्डिगढी नगरपालिका–५ सिवाईका ५८, त्रियुगा नगरपालिका–२ मोथियाईका २० र त्रियुगा नगरपालिका–३ भुल्के लगायत आसापास क्षेत्रका नागरिकहरुमा गरी ६ सय ५९ मा पिसिआर परिक्षण गरिएको थियो ।

पिसिआर परिक्षणलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तहहरुमा स्वास्थ्य सामाग्रीसहित टोली परिचालन गरिएको बताईएको छ ।
त्यसैगरी बिभिन्न ठाउँहरुमा रहेको क्वारेन्टाइनबाट ८८ जना घर फर्कीसकेका छन् भने दुई सय ७८ जना क्वारेनटाइनमा रहेको समेत प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर