बिपी प्रतिष्ठान धरानमा निःशुल्क टेलिमेडिसिन सेवा सुरु

बिपी प्रतिष्ठान धरानमा निःशुल्क टेलिमेडिसिन सेवा सुरु

१९ वैशाख, सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु भएको छ ।

लकडाउनको समयमा जो कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यका साथ अनलाइन चिकित्सा सेवा सञ्चालन गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो ।

अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर साहका अनुसार अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागी यो सेवा निकै प्रभावकारी हुनेछ । टेलिमेडिसिन अन्तरर्गत सञ्चालन भइरहेको यो सेवा विद्यमान कोभिड १९ को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरू सँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा परामर्श लिन सहज हुने छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा गएर बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर आफूलाई सहज हुने किसिमको सञ्चार सेवा अन्तरगत (स्काईप, टेलिफोन, भाइबर, ह्वाट्सयप) छान्न पाउने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जनाएको छ ।

यो सेवा प्रदेश १ भरिका लागि निशुल्क उपलब्ध हुने बताईएको छ । बिरामीले उपलब्ध गराएको विवरणको आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफै बिरामीलाई सम्पर्क गरि चिकित्सक र बिरामी बिचमा भिडियोबाट संवाद गर्न सकिने हुँदा फोनमा व्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिने हुँनाले यो सेवा झनै प्रभावकारी हुने प्रतिष्ठानका सह–प्रवक्ता ऐरले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर