सुनसरीका पाँच स्थानिय तहका क्वारेन्टाईन खाली

सुनसरीका पाँच स्थानिय तहका क्वारेन्टाईन खाली

२१ वैशाख, सुनसरी । सुनसरीको स्थानिय तहहरुमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको नागरिकहरुको रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको छ ।

सुनसरी जिल्लाको इनरुवा नगरपालिकाको बस चौक क्वारेन्टाईन, वर्जु गाउँपालिकाको क्वारेन्टाईन, देवानगञ्ज क्वारेन्टाईन, गढी क्वारेन्टाईन र रामधुनी नगरपालिकाको कृषि तालिम केन्द्र क्वारेन्टाईनमा राखिएको सबैको कोरोना परीक्षण गर्दा नेगेटिभ आएकाले सबैलाई घर पठाइएको हो ।

इनरुवामा १ जना, रामधुनीमा ३६ जना, गढीमा ११ जना सहित सबैको रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको नगरपािलका र गाउँपालिकाले बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर