ऐतिहासिक चलचित्र ‘देउमाइको किनारमा’का लेखक तथा निर्देशक शेर्माको निधन

१२ असोज, झापा । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक चलचित्र ‘देउमाइको किनारमा’का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । उनले ‘अरुणपूर्व लिम्बूवान’ चलचित्रको पनि निर्देशन गरेका थिए । त्यस्तै याख्खा भाषाको पहिलो चलचित्र ‘छालुम्मा’को पनि उनले नै निर्देशन गरेका थिए । उनी चलचित्र निर्माता र निर्देशकसँगै सांस्कृतिक अभियन्तासमेत थिए । लामो समयदेखि मिर्गौला र कलेजो रोगवाट पीडित शेर्माको आईतवार विहान १० वजे आफ्नै निवास मोरङको..

सिडी विजय अधिकारीको स्वरमा ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो सहित)

९ असोज, काठमाण्डौँ । ‘भोइस अफ नेपाल’ पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ । हृदयस्पर्शी यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ । गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ । कोरोना महामारीबीच यो वर्षको..

ब्रबिम शेर्मा र सीता सिंगकको ‘ज्यानै हाजिर भो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

६ असोज, काठमाडौं । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको ‘ज्यानै हाजिर भो’ (सेवारो) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो "ORIGIN NEPAL" युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतको भिडियोमा..

मौलिक टिभी युनिटको नयाँ प्रस्तुती ‘उदासै छ कि..’ (म्यूजिक भिडियो)

३ असोज, झापा । विगत लामो समय देखि विभिन्न लघु चलचित्र निमार्ण गर्दै आएको मौलिक टिभी युनिटले फेरी एक म्यूजिक भिडियो सार्वजनिक गरेको छ । संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि.. तिम्रो चै संसार कसरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङ्फेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको..

राजेश पायल राई र नव गायिका भीमा राईको ‘ओठमा लाली’ सार्वजनिक (भिडियो )

२ असोज, काठमाण्डौँ । लोकप्रिय गायक राजेश पायल राई र नव गायिका भीमा राईको सुमधुर स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा दिपेश राई, भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ । मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा..

राजेश पायल राईको स्वर र उत्तम राईको शब्दमा ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक

३१ भाद्र, काठमाडौँ । भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् । रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल ‘उत्तम राई अफिसियल’ मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम्..

मोरङकी सज्जा चौलागाँई बनिन् ‘नेपाल आइडल सिजन–३’को विजेता

१२ भाद्र, काठमाण्डौँ । मोरङकी सज्जा चौलागाँई ‘नेपाल आइडल सिजन–३’को विजेता भएकी छिन् । शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा चौलागाँई विजेता बनेकी हुन् । ‘फष्ट रनरअप’ प्रविण बेडुवाल भए भने ‘सेकेण्ड रनरअप’ किरणकुमार भुजेल भएका छन् । विजेताहरुको नाम ‘एपी वान टेलिभिजन’का अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका हुन् । विजेता चौलागाँईले ‘नेपाल आइडल–३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । त्यस्तै,..

मेलिना राई र धिरेन रोकायाको स्वरमा ‘तारेभिरमा बुकी’ सार्वजनिक (भिडियो)

३१ श्रावण, काठमाण्डौँ । नव–गायक धिरेन कुमार रोकायाको ‘तारेभिरमा बुकी’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमाइलो डान्सिङ शैलीको यस गीतमा मेलिना राई र धिरेन कुमार रोकायाको स्वर रहेको छ । गीतका शब्द सुमन श्रापितले लेखेका हुन् । बीबी अनुरागीले संगीतवद्ध गरेको यस गीतलाई अनुरागी स्वयमले नै संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको..

मनोज सिग्देलको ‘लकडाउनको तिज’ सार्वजनिक (भिडियो सहित)

२३ श्रावण, काठमाण्डौँ । नेपाली हिन्दु महिलाहरुको विशेष चाड ‘हरितालिका तिज’ नजिकिए संगै बजारमा नयाँ नयाँ तिजका गितहरु सार्वजनिक हुन थालेका छन् । यसपटक कोरोना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था भएपनि कलाकारहरुले गीतहरु सार्वजनिक गरिरहेका छन् । यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेलीका रुपमा ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन् । यस गीतमा गितकार युरेश स्वयमको शब्द रहेको छ भने विनय कार्की र कविता श्रेष्ठको स्वर..

‘के माया लाग्छ र’को अपार सफलता पछि ‘तीनपाते’(भिडियो सहित)

२३ श्रावण, इलाम । ‘के माया लाग्छ र’ गितको अपार सफलता पछि नवीन चौहानले ‘तीनपाते’ म्युजिक भिडियो सार्ववजनीक गरेका छन् । मिलन खत्री र अनु काफ्लेको मुख्य भूमिका रहेको ‘तीनपाते’ म्युजिक भिडियो ‘आर्टमाण्डु स्टुडियो’बाट बुधबार सार्वजनिक भएको हो । फरक संगीत र कथावस्तु समेटेर म्युजिक भिडियो बनाउँदै आएका चौहानले ‘तीनपाते’ मार्फत पनि नौलो कथा प्रस्तुत गरेका छन् । ‘तीनपाते’ गाउँमै उद्यम गरेर एउटा सफल युवा व्यवसायीका रुपमा उन्नति गर्न सफल..