२३ श्रावण, काठमाण्डौँ । नेपाली हिन्दु महिलाहरुको विशेष चाड ‘हरितालिका तिज’ नजिकिए संगै बजारमा नयाँ नयाँ तिजका गितहरु सार्वजनिक हुन थालेका छन् ।
यसपटक कोरोना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था भएपनि कलाकारहरुले गीतहरु सार्वजनिक गरिरहेका छन् ।
यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेलीका रुपमा ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन् ।
यस गीतमा गितकार युरेश स्वयमको शब्द रहेको छ भने विनय कार्की र कविता श्रेष्ठको स्वर रहेको छ । गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन् ।
‘स्टुडियो भर्सन’मा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फिचर्ड छन् । भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस्ः