९ असोज, काठमाण्डौँ । ‘भोइस अफ नेपाल’ पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ ।
हृदयस्पर्शी यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ । गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।
धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ । कोरोना महामारीबीच यो वर्षको दशैँमा घर फर्किन नपाउने परदेशीहरुको भावनालाई यो भिडियोले समेटेको छ ।
मनछुने यस गीतको म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।