ऐतिहासिक चलचित्र ‘देउमाइको किनारमा’का लेखक तथा निर्देशक शेर्माको निधन

ऐतिहासिक चलचित्र ‘देउमाइको किनारमा’का लेखक तथा निर्देशक शेर्माको निधन

१२ असोज, झापा । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक चलचित्र ‘देउमाइको किनारमा’का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ ।

उनले ‘अरुणपूर्व लिम्बूवान’ चलचित्रको पनि निर्देशन गरेका थिए । त्यस्तै याख्खा भाषाको पहिलो चलचित्र ‘छालुम्मा’को पनि उनले नै निर्देशन गरेका थिए । उनी चलचित्र निर्माता र निर्देशकसँगै सांस्कृतिक अभियन्तासमेत थिए ।

लामो समयदेखि मिर्गौला र कलेजो रोगवाट पीडित शेर्माको आईतवार विहान १० वजे आफ्नै निवास मोरङको उर्लावारीस्थित आइतबारेमा निधन भएको हो । ६० बर्षिय शेर्माको श्रीमती, दुई छोरी र एक छोरा छन् । उनी फिल्मीसंगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहदैआएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर