१२ भाद्र, काठमाण्डौँ । मोरङकी सज्जा चौलागाँई ‘नेपाल आइडल सिजन–३’को विजेता भएकी छिन् । शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा चौलागाँई विजेता बनेकी हुन् ।
‘फष्ट रनरअप’ प्रविण बेडुवाल भए भने ‘सेकेण्ड रनरअप’ किरणकुमार भुजेल भएका छन् । विजेताहरुको नाम ‘एपी वान टेलिभिजन’का अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका हुन् ।
विजेता चौलागाँईले ‘नेपाल आइडल–३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् ।
त्यस्तै, ‘फस्ट रनर’ले १५ लाख र ‘सेकेन्ड रनरअप’ले पाँच लाख नगद प्राप्त गर्नेछन् ।