राजेश पायल राईको स्वर र उत्तम राईको शब्दमा ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक

राजेश पायल राईको स्वर र उत्तम राईको शब्दमा ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक


३१ भाद्र, काठमाडौँ । भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल ‘उत्तम राई अफिसियल’ मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक राजेश पायल राईको अभिनय देख्न सकिन्छ ।

गीतमा एउटा सन्तानले आफ्नो बाबा प्रतिको माया र बाबाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

यस गीतको भिडियो निर्देशन, छायांकन एवं सम्पादन पत्रकार विशाल राईले गरेका हुन् ।

भिडियो हेर्न यो लिङ्मा थिच्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर