माझी राष्ट्रिय गीतको लोकार्पण

१९ फागुन, काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी..

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

१९ फागुन, काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति..

‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

१६ फागुन, सिन्धुपाल्चोक । प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले वाइबालाई बाह्रबिसेबाट पक्राउ गरेको हो । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी सिन्धुपाल्चोक प्रहरीले गरेको छ । म्याकुरी र उनकी श्रीमतीबीचको विवादमा वाइबाले श्रीमतीलाई उचालेर कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

‘मैच्याङको गालाको कोठी’ गीतको म्युजिक सार्वजनिक (भिडियो सहित)

२६ माघ, काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल..

लघुचलचित्र ‘पाउलो’ सडक बालकको संघर्ष र जुत्ताको जीवनकथा

२३ पौष, काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक..

मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

१८ पौष, काठमाडौं । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किड्स सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन । मुख्य..

सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

१४ पुष, काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि..

यमन माझिलाई ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

१२ पुष, काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित “सातौ मनास्लु राष्ट्रिय अवार्ड - २०८०” मा माझिलाई अवार्ड प्रदान गरिएको हो । मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम..

नेपालकै पहलो ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न

८ पुष, काठमाडौँ । काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती..

सिजि इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रसारण गर्दै

३ पौष, काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो । हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ..