मेलिना राई र धिरेन रोकायाको स्वरमा ‘तारेभिरमा बुकी’ सार्वजनिक (भिडियो)

मेलिना राई र धिरेन रोकायाको स्वरमा ‘तारेभिरमा बुकी’ सार्वजनिक (भिडियो)


३१ श्रावण, काठमाण्डौँ । नव–गायक धिरेन कुमार रोकायाको ‘तारेभिरमा बुकी’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमाइलो डान्सिङ शैलीको यस गीतमा मेलिना राई र धिरेन कुमार रोकायाको स्वर रहेको छ । गीतका शब्द सुमन श्रापितले लेखेका हुन् । बीबी अनुरागीले संगीतवद्ध गरेको यस गीतलाई अनुरागी स्वयमले नै संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । माधव श्रेष्ठ सह–निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो ।

भिडियो-

प्रतिक्रिया:

सम्बन्धित खवर