लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

२ जेष्ठ, काठमाण्डौँ । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकोले त्यसलाई प्राप्त गर्न सरकारले ठोस पहल गर्ने पनि उहाँले बताउनुभएको छ । उहाँले सम्बोधनका क्रममा भन्नुभएको छः ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको..

कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न पाउने

२ जेष्ठ, काठमाण्डौँ । गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेपछि पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने निर्णय भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बिहीबार सम्पन्न संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई दिएको हो । गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुईजना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए । प्रहरीले उनीहरूलाई सोही दिन..

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए काठमाडौँ फर्कने सवारी पास

२ जेष्ठ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी पास लिएर काठमाडौँ फिर्ता भएका छन् । कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत्र ११ गते देखी लकडाउन जारी गरेको थियो । तर उहाँ लकडाउन जारी हुनु अघि देखी नै झापाको दमकमा रहनुभएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाह लगाउत गरी पाँच जनाको सवारी पास..

गलत प्रचार गर्ने सामाजिक संञ्जाल प्रयोगकर्ता विरुद्ध सुनसरीका दुई स्थानिय तहद्धारा मुद्धा दर्ता

३१ वैशाख, सुनसरी । राहत चामलको बिषयमा गलत प्रचारप्रसार गरेको भन्दै सुनसरीका दुई स्थानिय तहले साईवरक्राईम सम्बन्धी मुद्धा दर्ता गराएका छन् । सुनसरीको देवानगन्ज र हरिनगर गाउँपालिकाले फेसबुकको प्रयोग गरेर गलत प्रचारप्रसार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्धा दिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो । राहतका लागि वितरण गरिएको चामल प्लाष्टिक हो भनी विभिन्न समाजिक सञ्जाल मार्फत गलत प्रचारप्रसार गरेको भन्दै त्यस्ता समाजिक..

कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

३१ वैशाख, काठमाण्डौँ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार(आज) सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको बताईएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेका थिए..

धरान उपमहानगरपालिकाद्धारा दुई चरणमा २ करोड बढीको राहत वितरण

३१ वैशाख, काठमाण्डौँ । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिकाले दुई चरणमा गरेर २ करोड बढीको राहत वितरण गरेको छ । आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको राहत वितरण गरिसकेको जनाएको छ । जसअनुसार पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजार ८ सय ५५ रुपैया बराबरको राहत प्याकेज विरतण भएको मेयर तिलक राईले जानकारी दिनुभएको..

मनोसामाजिक समस्या र वैदेशिक रोजगारी सम्वन्धी फोन मार्फत परामर्श दिदैँ सामी इलाम

३१ वैशाख इलाम । सुरक्षित आप्रवासन परियोजना (सामि) इलामले लकडाउनको समयमा पनि फोन मार्फत आफ्नो सेवाहरुलाई निरन्तर सुचारु राखेको छ । जिल्लाभरबाट वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन आउने इलामेलीहरुलाई जिल्ला प्रशासन कार्यलयमा रहेको आप्रवासी श्रोत केन्द्र इलाम मार्फत वैदेशिक रोजगारीमा गएका, जान लागेका र फर्कि आउन लागेहरुलाई उपलब्ध गराउदै आएको सेवा सुचारु राखेको हो । विशेष गरी परियोजनाले उपलब्ध गराउदैँ आएको पाँच सेवाहरुमाः निःशुल्क सुचना, निःशुल्क कानूनी साहायता, वेपत्ता..

विषाक्त गहुँको विउलाई खान योग्य भन्दै विक्रि गर्ने व्यापारीलाई एक लाख जरिवाना

३१ वैशाख, झापा । झापाको गौरीगंजमा म्याद गुज्रेको बिषाक्त गहुँको बीउ बिक्री गर्ने एक व्यापारीलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको चन्द्रगढीबाट खटिएको अनुगमन टोलीले गौरीगंज गाउँपालिका–३ को रविन खरिद विक्री केन्द्रका प्रोपाइटर रविन पौदारलाई काराही गरेको हो । अनुगमन टोलीले पौदारको पसलबाट करिब २ सय ८० केजी विषाक्त गहुँको बीउ बरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको नेतृत्वको..

लकडाउन थप कडा बनाईदैँ, एक जिल्लाबाट अर्काे जिल्लामा जाने पास रद्ध

३० वैशाख, काठमाण्डौँ । सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ । गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो । ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अर्यालले भन्नुभएको छ, ‘एक जिल्लाबाट अर्काे जिल्लामा जान अनुमति लिएको पास गर्न खारेज गरिएको हो । यदि कोही..

नेकपा फाकफोकथुम कमिटीद्धारा गाउँपालिकाको कोरोना राहत कोषमा १ लाख सहयोग

३० वैशाख, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फाकफोकथुम गाउँ कमिटीले फाकफोकथुम गाउँपालिकाको कोरोना राहत कोषमा रु १ लाख रुपैँया आर्थिक सहयोग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य एवं फाकफोकथुम गाउँपालिका इन्चार्ज राजकुमार थापा र जिल्ला सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले आज एक कार्यक्रम विच गाउँपालिका प्रमुख रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई (सरु)लाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण एवं राहत वितरणलाई प्रभावकारी बनाउन र..