मनोसामाजिक समस्या र वैदेशिक रोजगारी सम्वन्धी फोन मार्फत परामर्श दिदैँ सामी इलाम

मनोसामाजिक समस्या र वैदेशिक रोजगारी सम्वन्धी फोन मार्फत परामर्श दिदैँ सामी इलाम

३१ वैशाख इलाम । सुरक्षित आप्रवासन परियोजना (सामि) इलामले लकडाउनको समयमा पनि फोन मार्फत आफ्नो सेवाहरुलाई निरन्तर सुचारु राखेको छ ।

जिल्लाभरबाट वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन आउने इलामेलीहरुलाई जिल्ला प्रशासन कार्यलयमा रहेको आप्रवासी श्रोत केन्द्र इलाम मार्फत वैदेशिक रोजगारीमा गएका, जान लागेका र फर्कि आउन लागेहरुलाई उपलब्ध गराउदै आएको सेवा सुचारु राखेको हो ।

विशेष गरी परियोजनाले उपलब्ध गराउदैँ आएको पाँच सेवाहरुमाः निःशुल्क सुचना, निःशुल्क कानूनी साहायता, वेपत्ता भएमा निःशुल्क परामर्श र मृत्यु भएमा आवश्यक सहयोग समन्वय गर्ने कार्यलाई निरन्तरता दिईएको जिल्ला परियोजना संयोजक इश्वरी तामाङ्गले जानकारी दिनुभयो ।

संयोजक तामाङ्गका अनुसार आप्रवासि श्रोत केन्द्रको सम्पर्क नम्बर ०२७–५२०७३२ सम्पर्क गरेर आफ्नो उजुरी दर्ता गराउन, गुनासो राख्न र आवश्यक परामर्श लिन पनि सकिने छ ।

यसका साथै लकडाउनको समयमा हुने तनाव, पिर, डर, चिन्ता, त्रास, भय तथा एक्लोपन सम्वन्धी पनि मनोसामाजिक परामर्श फोनबाट नै जारी राखेको उहाँले बताउनुभयो ।

यसका लागि इलाम नगरपालिका, सुर्याेदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाँउपालिकामा रहेका सामिका मनोसामाजिक परामर्शकर्ताहरुलाई मानसिक, स्वाथ्य तथा परामर्श केन्द्र (सि.एम.सि.) नेपाल संग सहकार्य गरेर भिडियो मार्फत थप तालिम दिई अन्य पालिका र जिल्ला बाहिर समेत आवश्यक्ता अनुसार परामर्श सेवा उपलब्ध गराउदै आएको बताईएको छ ।

यस कार्यले लकडाउनको समयमा मानसिक समस्यामा परेकाहरुलाई केही राहत मिल्ने सुर्याेदय नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता जिज्ञासा लामाले बताउनुभयो ।

मानसिक समस्यामा परेकाहरुलाई यो समयमा फोन मार्फत परामर्श दिदा पनि तनाव, चिन्ता तथा डर कम हुने इलाम नगरपालिका स्थित परियोजनाको मनोसामाजिक परामर्शकर्ता कल्पना गजमेर बताउनहुन्छ ।

यसका साथै यो सेवा माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिकामा समेत प्रभावकारी रुपमा सञ्चालन भईरहेको उक्त पालिकाका परामर्शकर्ताहरुले बताएका छन् ।

परियोजना नेपाल सरकार र स्विस सरकारको दुइ पक्षिय सम्झौता अन्र्तगत हेल्भटास नेपालको प्राविधिक सहयोगमा इलाम नगरपालिकाको नेतृत्वमा सुर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउपालिकामा स्थानिय सरकारहरु स्वयमद्धारा सञ्चालित रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर