विषाक्त गहुँको विउलाई खान योग्य भन्दै विक्रि गर्ने व्यापारीलाई एक लाख जरिवाना

विषाक्त गहुँको विउलाई खान योग्य भन्दै विक्रि गर्ने व्यापारीलाई एक लाख जरिवाना

३१ वैशाख, झापा । झापाको गौरीगंजमा म्याद गुज्रेको बिषाक्त गहुँको बीउ बिक्री गर्ने एक व्यापारीलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको चन्द्रगढीबाट खटिएको अनुगमन टोलीले गौरीगंज गाउँपालिका–३ को रविन खरिद विक्री केन्द्रका प्रोपाइटर रविन पौदारलाई काराही गरेको हो ।

अनुगमन टोलीले पौदारको पसलबाट करिब २ सय ८० केजी विषाक्त गहुँको बीउ बरामद गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको नेतृत्वको गएको अनुगमन टोलीले गहुँलाई चेकजाँच र छानवीन गर्दा अस्वस्थकर पाएको र प्रोपाईटर पौदारले खान योग्य भन्दै विक्रि गरिरहेको भटेपछि जरिवाना गरिएको खाद्य तथा साना घरेलु उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो ।

उनलाई आउदो समयमा यसप्रकारको कार्य नगर्ने नगराउने सर्तमा १ लाख रूपैयाँ जरिवाना गरिएको खाद्य तथा साना घरेलु उद्योग कार्यालयका प्रमुख खतिवडाले जानकारी बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर