धरान उपमहानगरपालिकाद्धारा दुई चरणमा २ करोड बढीको राहत वितरण

धरान उपमहानगरपालिकाद्धारा दुई चरणमा २ करोड बढीको राहत वितरण

३१ वैशाख, काठमाण्डौँ । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिकाले दुई चरणमा गरेर २ करोड बढीको राहत वितरण गरेको छ ।

आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैया बराबरको राहत वितरण गरिसकेको जनाएको छ । जसअनुसार पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजार ८ सय ५५ रुपैया बराबरको राहत प्याकेज विरतण भएको मेयर तिलक राईले जानकारी दिनुभएको छ । यस्तै, दोस्रो चरणमा २० हजार ६ सय १२ परिवारलाई १ करोड २४ लाख ७१ हजार ३ सय बराबरको राहत विरतण गरेको मेयर राईले बताएउनुभयो । उपमहानगरपालिकाले फुड बैंकमा जम्मा भएको खाद्यान्न वडा कार्यालयमार्फत टोल विकास संस्थालाई राहतको लागि नामावली संकलन र वितरणको जिम्मा दिएको थियो ।

धरानमा पहिलो चरणमा ९३ हजार २ सय ४० किलो चामल वितरण भएको थियो भने दाल ६ हजार २ रय २५ केजी, नुन ९ हजार ३६ केजी, तेल ९ हजार ३६ लिटर, आलु ३५ हजार ७ सय ४४ किलो साबुन ६३.६६ कार्टुन र न्युटेला २८ सय ११ केजी वितरण गरिएको मेयर राईले बताए । दोस्रो चरणको राहतमा चामल २ लाख ६ हजार १ सय २० किलो, दाल ५ हजार ४ सय ६५ किलो, नुन २० हजार २९ किलो वितरण भएको थियो भने तेल २० हजार २९ लिटर र न्युटेला ७ हजार ५ सय ७४ किलो वितरण भएको थियो ।

दोस्रो चरणको राहतमा आलु र साबुन वितरण गरिएको थिएन । वडाका विपन्न परिवारलाई बाहेक आश्रम र सडक मानवको लागि ८ सय किलो चामल, ९३ किलो दाल, ६० किलो नुन, ८९ लिटर तेल, २ सय ७० किलो आलु, ६५ किलो न्युटेला र २० किलो प्याज पनि वितरण गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा हालसम्म ३ लाख ६७ हजार ४ सय २५ केजी चामल संकलन नगरपालिकाले जनाएको छ । जस मध्य ९७ जना दाताले ५८ हजार ४ सय २५ केजी संकलन गरेका थिए भने बाँकी धरान उपमहानगरपालिकाले खरिद गरेको हो ।
यस्तै २६ हजार ४५० केजी दाल, २९ हजार ५ सय ३५ केजी नुन संकलन भएको नगरस्तरिय कोरोना राहत परिचालन समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

विपन्न, ज्वालामजदुरी गरेर खाने परिवारलाई अब तेश्रो चरणको राहत वितरणका लागि तयारी भइरहेको मेयर राईले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको कोरोना राहत कोषमा एक करोड ४२ लाख, ६२ हजार ७ सय ६४ रुपैँया संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तेश्रो चरणको राहत वितरणका लागि फुड बैंकमा मौजुदा निम्न भएकाले समितिले सहयोगको लागि सबैसँग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर