लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनिक

७ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग छलफल गरिसकेपछि आज मन्त्रालयमा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनीक गर्नुभएको हो । उहाँले नक्सा सार्वजनिक गर्दे नेपालको ईतिहासमै यो एक उल्लेखित कार्य भएको बताउनुभयो..

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा केही समय पछि सार्वजनिक हुदैँ

७ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्ले पारित गरेको नेपालको नयाँ राजनीतिक नक्सा आज मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणिकरण गर्नुभएको छ । ७ प्रदेश ७७ जिल्ला, ७५३ स्थानीय तह तथा यस अघि छुटेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा आजै सार्वजनिक हुने बताइएको छ । प्रमाणित नयाँ नक्सा बुधबार भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको र सो नक्सामा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग..

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

६ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल,..

सुनसरीबाट १५ जना भारतीयलाई नियन्त्रणमा लिएर क्यारेन्टाईनमा पठाईयो

४ जेष्ठ, सुनसरी । सुनसरीको हरिपुर क्षेत्रमा लुकेर बसेको अवस्थामा १५ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर क्यारेन्टाईनमा राखेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १५ जना भारतीयहरु आएको सुचना पाएपछि हरिपुर क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो । सुनसरीका अधिकांस क्षेत्रहरु भारतीय खुल्ला सिमाना पर्ने भएकाले भारतीयहरु जति बेला पनि प्रवेश गर्न सक्ने भन्दै प्रहरीले कडाई..

लकडाउन थप दश दिन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारीस

४ जेष्ट, बाँके । भर्खरै सम्पन्न उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप दश दिन थप्ने निश्कर्ष निकालेको छ । अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद बैठकले लकडाउन कडाई गर्ने र थप्नेबारे निर्णय गर्दैछ । समितिले मन्त्रिपरिषद बैठकमा दश दिन लकडाउन थप्ने सुझाव दिएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिनुभएको छ । गत चैत्र ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक जेष्ठ ५ भोलि सोमबार सम्मका लागि थपेको थियो..

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

४ जेष्ठ, झापा । झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका वडा नं. ७ का ८० वर्षीय बृखबहादुर राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार(हिजो) साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ..

गुगलको नक्शामा विश्वको सर्वाेच्च शिखर ‘सगरमाथा’ चीन तर्फ

३ जेष्ठ, काठमाण्डौँ । चिनियाँ सञ्चारमाध्यमले विश्वको सर्वाेच्च शिखर ‘सगरमाथा चीनमा पर्छ’ भनी प्रचार गरेलगत्तै गुगलको नक्शामा सगरमाथा चीनतर्फ देखिएको छ । गुगलको नक्शामा सगरमाथा नेपालबाट हटाइएको छ । चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ । गुगलको नक्शामा माउन्ट एभरेष्ट खोजेर हेर्नुहोस् । यसको संकेत चीनतर्फ देखाउँछ । सगरमाथा नेपालको भुभागबाट हटेर चीनतर्फ देखिनुलाई गम्भीर रुपमा लिइएको छ । यसअघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनमा पर्छ भनी..

झापा र सुनसरीबाट दुई जना लागूऔषधका कारोवारी पक्राउ

३ जेष्ठ, झापा । झापाको गौरीगञ्ज र सुनसरीको कोशी गाँउपालिकाबाट दुई जना लागूऔषधका कारोवारी पक्राउ गरेका छन् । प्रदेश–१ प्रहरी कार्यालय ईटहरीका अनुसार झापाको शिवसताक्षी ४ बुलुचौकका ३५ बर्षीय रामबहादुर बिकलाई गौरीगञ्जबाट गएराती पक्राउ गरिएको हो । राती ९ बजे तिर विकलाई गौरीगञ्ज १ रंगेयथानमा शंकास्पद गतिविधिमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उता सुनसरी कोशी..

सुनसरीमा लकडाउन उल्लघंन गर्नेलाई कोरोना कक्षा

२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवामा लक डाउन उल्लंघन गर्दे घर बाहिर निस्कनेलाई कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिन सुरु गरिएको छ । आज मात्र इनरुवाका एक सय बढीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर छाडेको जनाएको छ । विहानको समयमा मर्निङ वाकमा निस्कने, अत्यावश्यक बाहेकका सरसामान किन्न बजार निस्कने उनीहरुलाई कोरोना सम्वन्धी कक्षा दिएर केही बेर अधिमात्र छाडिएको प्रहरीले जनाएको छ । विहानको..

आकास्मिक कक्षमा कार्यरत चिकित्सकलाई सर्जिकल माक्स

२ जेष्ठ, सुनसरी । नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत चिकित्सक तथा नर्सका लागि सर्जिकल माक्स उपलब्ध गराएको छ । युके रहेका नेपाली काङ्ग्रेस पार्टीका कार्यकर्ताहरुको आर्थिक सहयोगमा १ सय २५ थान केएन ९५ माक्स उपलब्द गराइएको नगर सचिव श्याम पोखरेलले जानकारी दिनुभयो । तरुणदल क्षेत्रीय उपसभापति रवि राई, सुनसरी उपसभापति सन्तोष विकको पहलमा करिव ६० हजार बराबरको माक्स गरिद गरि उपलब्द..