गलत प्रचार गर्ने सामाजिक संञ्जाल प्रयोगकर्ता विरुद्ध सुनसरीका दुई स्थानिय तहद्धारा मुद्धा दर्ता

गलत प्रचार गर्ने सामाजिक संञ्जाल प्रयोगकर्ता विरुद्ध सुनसरीका दुई स्थानिय तहद्धारा मुद्धा दर्ता

३१ वैशाख, सुनसरी । राहत चामलको बिषयमा गलत प्रचारप्रसार गरेको भन्दै सुनसरीका दुई स्थानिय तहले साईवरक्राईम सम्बन्धी मुद्धा दर्ता गराएका छन् ।

सुनसरीको देवानगन्ज र हरिनगर गाउँपालिकाले फेसबुकको प्रयोग गरेर गलत प्रचारप्रसार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्धा दिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।

राहतका लागि वितरण गरिएको चामल प्लाष्टिक हो भनी विभिन्न समाजिक सञ्जाल मार्फत गलत प्रचारप्रसार गरेको भन्दै त्यस्ता समाजिक सञ्जाल संञ्चालक माथि साईवरक्राईम सम्बन्धी मुद्धा दिएको अध्यक्ष अन्सारीले बताउनुभयो ।

गाउँपालिकाको गत बुधबार बसेको कार्यपालिकाको बैठकले सुनसरी टाइम्स फेसबुक, हरिनगर खवर फेसबुक, देवानगन्ज टाइम्स फेसबुक, फेसबुक लाइभ गर्ने भुकम्प पत्रीका, नागरिक अभियान फेसबुक युजर सद्धाम नेपाली र आवर देवानगन्ज फेसबुक माथि साइवरक्राईम सम्बन्धी मुद्धा दिएको हरिनगर गाउपालिकाका अध्यक्ष अंन्सारीले बताउनुभयो ।

लकडाउनका बेला समस्यामा परेका न्युन आय भएका व्यक्तिलाई केही राहत होस भन्ने उदेश्यले गाउँपालिकाले वितरण गरेको चामल प्लाष्टिकको हो भनि भ्रामक सूचना प्रवाह गरेको र आफनो चरित्र हत्या गर्ने कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रहरीमा मुद्धा दिएको अध्यक्ष अन्सारीले बताउनुभयो ।

त्यसैगरी देवानगन्ज गाउपालिकाले समेत आवर देवानगन्ज फेसबुक पेज माथि मुद्धा दिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो ।-file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर