समाज

भारतीय मिडियाको उच्छृङ्खलता विरुद्ध नेपाल सरकारले पठायो ‘प्रोटेस्ट नोट’
२८ असार, काठमाण्डौँ । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले भारतीय सञ्चार माध्यममा प्रसारित समाचारप्रति आपत्ती जनाउदैँ दिल्लीस्थित नेपाली दूतावासमार्फत सो ध्यानाकर्षण पत्र पठाएको हो । ‘प्रोटेस्ट नोट’मा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको जनाईएको छ ।

कोरोना संक्रमितको संख्या नेपालमा घट्दैँः आज ८२ जनामा संक्रमण पुष्टि
२८ असार, काठमाण्डौँ । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो । गौतमका अनुसार पछिल्लो..

पार्टीका अन्य विवादले एकता कमजोर नहोस्ः प्रचण्ड
२८ असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । आफ्नो गृह जिल्ला चितवनको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम..

कनकाई नदिमा पानिको वहाव बढ्दो क्रममा, आसपासको मानव बस्ति हटाईयो
२७ असार, झापा । कनकाई नदिमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ । वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताउनुभयो । कनकाई पुल उत्तर तर्फको मानव बस्तीमा कनकाईले वितण्डा गरेपछि घर भत्काएर त्यहाँका मानिसलाई सुरक्षित गरिएको हो । पाडाजुँगीबाट आएको सशस्त्र प्रहरीको ११ जनाको टोलीले प्रेम उप्रेती, श्याम ऋषीदेव, तारा..

झापाको अर्जुनधारा नगरपालिकाद्धारा सलह किरा खरिदका लागि बजेट विनियोजन
२७ असार, काठमाण्डौँ । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख रुपैँया बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । “सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, प्रमुख रानाले भन्नुभयो, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको..

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, कांग्रेसको पनि सहभागीता
२७ असार, काठमाण्डौँ । विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाउनुभएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी हुनुभएको छ । बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । आज विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को..

भारतीय च्यानल बन्द गरेकोमा केबल सेवाप्रदायकको प्रसंसा, जी न्यूजले माफी माग्यो
२६ असार, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय संचार माध्यमबाट नेपाल र प्रधानमन्त्री केपी ओलीको नाम जोडेर प्रकाशित प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । मन्त्रालयका प्रबक्ता ऋषिराम तिवारीद्वारा आज(शुक्रबार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त यस्ता सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुन जरुरी छ ।’ आमसञ्चार..

माईजोगमाई–६ प्याङका १२० घरधुरीलाई लक्षित गरी विद्युत् विस्तार
२६ असार, इलाम । माईजोगमाई गाउँपालिका–६ प्याङमा १२० घरधुरीलाई लक्षित गरेर विस्तार गरिएको विद्युतीकरणको आज गाउपालिका अध्यक्ष जित बहादुर राईले उद्घाटन गर्नुभएको छ । माईजोगमाई गाउपालिका र नेपाल बिधुत प्राधिकरण इलाम बितरण केन्द्रको संयुक्त लगानिमा विद्युत् विस्ताको काम सम्पन्न गरिएको हो । माईजोगमाई गाउपालिका–६ प्याङ साबिकको प्याङ गा.बि.स. १ र ६ का जम्मा १२० घरधुरीलाई लक्षित गरि धुपिडाडामा ट्रान्सफर्मर राखेर विद्युत बिस्तारको काम गरिएको छ । माईजोगमाई गाउँपालिकाले आप्नो माईजोगमाई..

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, ६ वटा जिल्ला संक्रमण मुक्त
२६ असार, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण..

माई नगरपालिका–१ मा ट्रयाक्टर पल्टदा दुई जनाको मृत्यु
२६ असार, इलाम । इलामको माई नगरपालिका वडा नं. १ पाल्टारमा ट्रयाक्टर पल्टदा २ जनाको मृत्यु गएको छ । आज करिब साढे ३ बजेको समयमा बारी जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झर्दा चालक माई नगरपालिका–८ का २१ बर्षिय सुजन बिश्वकर्मा र ट्रयाक्टर धनिका छोरा ११ बर्षिय नितेश गिरीको ज्यान गएको हो । ट्रयाक्टरमा सवार दुबै जनालाई ट्रयाक्टर पल्टदा किचेको..