झापाको अर्जुनधारामा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु

१ श्रवाण, झापा । झापाको अर्जुनधारा नगरपालिका–११ मा ३ बर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आज प्रबिन मुर्मुका छोरा ऋषि मुर्मुलाई आफन्तले फेला पारेका हुन् प्रहरीका अनुसार तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएपनि अस्पताल र्पुयाउना साथ बालकको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय अनारमनीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानाएको छ ।

झापामा भएको १४ वर्ष पुरानो हत्याका अभियुक्त पक्राउ

१ श्रवाण, झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ झापाबाट गरको छ । झापाको साबिक टागनडुब्बाका ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका हुन् । झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा हुन् । उनी टागनडुब्बा–३ बस्थित ससुरालीमा गएका बेला घटना भएको थियो । एसपी कोइरालाका अनुसार कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगाधेले चलाएका थिए ।..

इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि

१ श्रवाण, इलाम । इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका हुन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनी उमेर समुहका रहेका पुरुषहरु रहेको जनाइएको छ । जिल्ला..

सिन्धुपाल्चोकमा पहिरोमा परि एकै परिवारका २ जनाको मृत्यु, ३ जना बेपत्ता

१ श्रवाण, काठमाण्डौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा आज बिहान २ः०० बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा रहेका छन् । बेपत्ता भएका चौरासी वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेमा स्थानीयवासी..

संञ्चालनमा आउन थाले सार्वजनिक सवारीसाधन

३१ असार, झापा । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायात लगायले उपत्यकामा सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले..

पार्किङ गरी राखेको मोटरसाईकल तोडफोड गर्ने इलामका दुई जना पक्राउ

३१ असार, इलाम । पार्किङ गरी राखेको मोटरसाईकल तथा सीसीटीभी तोडफोड गर्ने इलामका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–७ मालापथका १९ वर्षीय पारुहाङ देवान र सोही ठाउँका १९ वर्षीय आकाश परियार रहेका छन् । उनीहरुलाई सीसीटीभीले कैद गरेको फुटेजको आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुले अस्ती सोमबार राती ११ः४५ बजे इलाम नगरपालिका–७ स्थित चोकबजार तथा बिभिन्न ठाँउमा पार्किङ गरी राखेको..

डुवानले विस्थापित परिवारलाई घर फर्काकाउन सुरु गरियो

३१ असार, झापा । अविरल वर्षाका कारण झापामा आएको बाढीले बिस्थापित घर परिवारलाई आफ्नो घर फर्काउन सुरु गरिएको छ । झापाको झापा गाउँपालिका वाड नं ७ मदरगाछका १४ परिवारलाई र वाड नं १ मिलनबस्तीको ८१ विस्थापित घरधुरीलाई आआफ्नो घर फर्काइएको गाउँपालिका अध्यक्ष जयनाराण शालले जानकारी दिनुभयो । त्यसैगरी, शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ९ विस्थापित परिवार मध्ये ५ परिवार अन्य छिमेकीकामा भाडामा बस्न थालेको र ४ परिवार अहिलेसम्म शुरक्षित स्थानको..

निर्धारित समयमा ६० प्रतिशत स्थानीय तहहरूले बजेट प्रस्तुत गर्न नै सकेनन्

३१ असार, काठमाण्डौँ । देशभरीका ७५३ स्थानिय तहमध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय तहहरूले निर्धारित समयमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको हालको तथ्याङक अनुसार असार मसान्तसम्म बजेट ल्याउने स्थानीय तह ४० प्रतिशत भन्दा कम छन् । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४ सय ५२ वटा स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न नै सकेका छैनन् । जबकि १० असारभित्रै सबै स्थानीय तहले बजेट..

हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापामा एकको मृत्यु

३० असार, झापा । हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापा एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका–९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको हो । थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राखेका थिए । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका..

भारी बर्षसंगै मधेशमा बाढी र डुबान–पहाडमा पहिरो, पूर्वतयारीमा सरकार चुक्दै

३० असार, काठमाण्डौँ । वर्षायाम शुरु हुने बित्तिकै तराई–मधेशमा डुबान र बाढीको त्रास बढ्न थाल्छ । बर्सेनि तराई–मधेशमा बाढी र डुबानले सताउने गर्दछ । पहाडमा पहिरो र तराई–मधेशमा बाढी बर्सेनि नेपालले झेल्दै आएको प्राकृतिक प्रकोप हो । पहिरोको कुनै निश्चित क्षेत्र नभए पनि बाढी तथा डुबानको समस्या बर्सेनि खास क्षेत्रमा हुने गर्दछ । तर पनि विपद् पूर्वतयारीमा सरकार बर्षेनी चुक्दै आएको छ । बाढीको जोखिम क्षेत्र पहिचान गर्ने सन्दर्भमा पनि..