आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, ६ वटा जिल्ला संक्रमण मुक्त

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, ६ वटा जिल्ला संक्रमण मुक्त

२६ असार, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८÷८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४÷४ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २÷२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एक÷एक संक्रमित थपिएका छन् ।

यस्तै आजबाट ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् ।

त्यस्तै, ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहत, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर