कमल गाउँपालिका–५ लवडाँडाबाट लागुऔषध सहित एक जना पक्राउ

१५ असार, झापा । झापाको कमल गाउँपालिका–५ लवडाँडाबाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन् । गौरादह नगरपालिका–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले गृह खबरलाई जानकारी दिएको छ । कमलगा–५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका उनलाई हिजो साझमा प्रहरीले पक्राउ गरेको हो । भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर..

झापामा कोरोना संक्रमितको संख्या दुई सय २३ पुग्यो

१५ असार, झापा । झापामा कोरोना भाइरस संक्रमितको संख्या २ सय २३ पुगेको छ । आईतवार हल्दिबारी गाँउपालिकाको २८ वर्षीय एक महिलामा कारोना पुष्टि भएसँगै संक्रमितको संख्या २२३ पुगेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा १७१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आईतवार थप भएसँगै संक्रमितको संख्या भद्रपुरमा ६, मेचीनगरमा १९, बिर्तामोडमा २, कन्काईमा ४, अर्जुधारामा ५, दमकमा ६, गौरादहमा..

दुहवी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

१५ असाढ, सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक दुहवी जेसीजका उपाध्यक्ष विकाश स्वर्णकारले जानकारी दिनुभयो । दुहवी जेसीजकी अध्यक्ष विमला सुवेदी कार्कीको अध्यक्षतामा दुहवी नगरपालिकाको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङको समन्वयमा संकलन गरिएको संयोजक स्वर्णकारले बताउनुभयो । अहिले..

दुहवी जेसीजको एक दिने रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

१५ असाढ,सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजकोे आयोजना एक दिने रक्तदान जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीको समयमा विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव हुन नदिन एक दिने रक्तदान जागरुक्ता कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । दुहवी जेसीजको आयोजनामा तथा युथ फर ब्लड नेपालको प्रमुख प्रशिक्षणमा दुहवी स्थित पूर्व क्षेत्रीय दंगा गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । दुहवी जेसीजका अध्यक्ष विमला सुवेदीको अध्यक्षतामा भएको..

मदन भण्डारी जन्म जयन्तीको अवसरमा इलाममा वृक्षारोपण सहित रक्तदान कार्यक्रम सम्पन्न

१४ असार, इलाम । जननेता मदन भण्डारीको ६९औं जन्म जयन्तीको अवसरमा अनेरास्ववियू इलामले इलाम नगरपालिका सहित जिल्लाका विभिन्न पालिकामा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । इलाम नगरपालिकाको आदर्श मावी र अमर मावीमा अनेरास्ववियू केन्द्रिय सदस्य रवीन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली सहितको टोलिले विद्यालय परिसरमा वृक्षरोपण गरेको छ । यस्तै आज नै देउमाइ नगरपालिकाको भानुभक्त मावी र माइ नगरपालिकाको सुखानी पार्कमा सरसफाइ सहित वृक्षारोपण गरिएको जनाईएको छ ।..

दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, पूर्वधार विकासमा जोड

१४ असार, झापा । दमक नगरपालिकाको सातौँ नगरसभाबाट सर्वसम्मत पारित रुपमा पारि भएको बजेट, निति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । नगरपालिकाले आज आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको आर्थिक बर्ष २०७७÷७८ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आर्थीक बर्ष २०७७÷७८ का लागी रु १ अर्व ३१ करोड ३० लाख ३५ हजारको बजेट ल्याएको छ । कोरोना भाईरसका कारण..

सलह किरा र नेपालमा नियन्त्रणको प्रयास

१४ असार, काठमाण्डौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । पश्चिम क्षेत्रमा बुटवलमा सलहले बालीमा नोक्सानी समेत पारेको छ । सर्लाहीमा पनि सलह देखिएको छ । सलह एक प्रकारको फट्याङ्गरा हो । यसले बालीको पात र फल खान्छ । ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलहका कारण भोकमरी समेत आउन सक्छ । यसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । किट वैज्ञानिक नरेश डाँगी स्थानीय तहहरुले मिलेर यसलाई धपाउन सक्ने..

रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट दमकमा सार्वजनिक, घटना ‘छुवाछुत’को परिणाम

१४ असार, झापा । रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट शनिवार झापाको दमकबाट सार्वजनिक गरिएको छ । प्रदेश एकका दलित अगुवाहरुको टोलीले तयार पारेको सो रिर्पाेट शनिबार प्रधानमन्त्री केपी ओलीको गृहनगर समेत रहेको झापाको दमकमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । रिर्पाेटमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतिमा भएको सो घटना जातिय भेदभाव र छुवाछुतको परिणाम भएको निष्कर्ष निकालिएको छ । इलामका नवराज शंकर, झापाका हुकुमसिंह नेपाली, हरि पोख्रेल दर्जी..

नेकपा स्थायी कमिटी बैठकः नेपाल भारत सीमामा तारबार लगाउन माग

१२ असार, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राख्नुभएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले..

नेपालमा कोरोना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो, मुत्यु हुनेको संख्या २७ मात्र

१२ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ११ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ४ सय ८६ पुरुष र १०७ जना महिला छन् । कुल संक्रमितमध्ये १० हजार ५ सय ६ जना पुरुष र १२४९ जना महिला छन् । पछिल्लो समय विदेशबाट नेपालीहरु आउने..