बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञा जारी

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । भीड नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए..

हतियार सहित मोरङमा एकजना पक्राउ

९ मंसिर, सुनसरी । मोरङ मिक्लाजुङ १ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भनिने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउँसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत..

झापाका १११ जनामा आज कोरोना संक्रमण पुष्टि

९ मंसिर, झापा । झापामा आज १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ५१ महिला र ६० पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु सबै स्थानीय भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । थपिएका संक्रमितहरुमा दमकका ११, बिर्तामोडका २३, गौरादहका २६, मेचीनगरका ४, भद्रपुरका ५, कन्काईका ९, हल्दिबारीका ३, बुद्धशान्तिका ६, अर्जुनधाराका ५, बाह्रदशीका १, कचनकवलका ४, शिवसताक्षीका ४, कमलका २ र अन्य ठेगाना भएका ८ जना..

आज थपिए १७९० जना कोरोना संक्रमित

९ मंसिर, काठमाण्डौँ । आज थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएको..

प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ्ग भ्रमणका लागि प्रस्थान

८ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ्गको भ्रमणका लागि त्यस क्षेत्र तर्फ प्रस्थान गर्नुभएको छ । उहाँ हेलिकप्टर मार्फत दुई जिल्ला भ्रमणका लागि निस्कनुभएको हो । उहाँले ताप्लेजुङ्गमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्नुहुँने छ । यस्तै इलाममा पनि उहाँ स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताईएको छ । ओलीसँग पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ सहभागी हुनुहुन्छ । केही दिनअघि प्रधानमन्त्री ओली संखुवासभा भ्रमणमा जानुएको थियो ।-file..

झापाको कमलमा श्रीमानद्धारा श्रीमतिको हत्या

७ मंसिर, झापा । झापाको दमक–१ का चुडामणी भण्डारीले आफनै श्रीमतिको हत्या गरेका छन् । आज साँझ कमल–६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षिय श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । भण्डारीले के कति कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने बारे थप अनुसन्धान भइरहेको..

विकास पहुँचको आधारमा होईन, आवश्यक्ताको आधारमा हुन्छः अन्त्री अर्याल

६ मंसिर, स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुँने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताउँनुभएको छ । आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने बताउनुभयो । “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।” उहाँले भन्नुभयो । हरेक जनताको..

नेकपा सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी होः मुख्यमन्त्री राई

६ मंसिर, सोलुखुम्बु । प्रदेश–१ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्नका लागि बनेको पार्टी भएको बताउनुभएको छ । सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले नेकपाको अन्तरविरोधमा विकास र संघीयता विरोधीहरु खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देशको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पना समेत गर्न नसकिने स्पष्ट पार्नुभयो । त्यस अवसरमा छिमेकी मुलुकहरुबाट दैनिक..

सुनसरीमा धुमधामका साथ मनाईयो छैठ पर्व

६ मंसिर, सुनसरी । उदाउदो सूर्यलाई अघ्र्य दिई सुनसरीमा पनि छैठ पर्व मनाईएको छ । कोरोना महामारीका कारण संक्रमणको जोखिम हुने भन्दै कतिपय ब्रतालुहरुले आफ्नो घर आँगन र सार्वजानिक स्थलमा पोखरी बनाएर सामूहिक छैठ घर घरमै व्यक्तिगत ढंगले मनाए भने कतिपयले नदी किनाममै गएर छैठ पर्व मनाए । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष भने त्यति उत्साहजनक छैनन् । इनरुवा सहित हरिनगर, देवानगञ्ज, वर्जु, गढी, दुहवीबूढीखोला,..

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठ पर्व सम्पन्न

६ मंसिर, काठमाण्डौँ । आस्थाको महापर्व छैठ पर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व अहिले नेपालको पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । आज बिहान राजधानीको गुहेश्वरीस्थित छैठघाटमा ब्रतालुहरु उदाउँदो सूर्यलाई अघ्र्य दिन तथा पूजाआजाका लागि पुगेका..