सुनसरीमा धुमधामका साथ मनाईयो छैठ पर्व

सुनसरीमा धुमधामका साथ मनाईयो छैठ पर्व


६ मंसिर, सुनसरी । उदाउदो सूर्यलाई अघ्र्य दिई सुनसरीमा पनि छैठ पर्व मनाईएको छ ।

कोरोना महामारीका कारण संक्रमणको जोखिम हुने भन्दै कतिपय ब्रतालुहरुले आफ्नो घर आँगन र सार्वजानिक स्थलमा पोखरी बनाएर सामूहिक छैठ घर घरमै व्यक्तिगत ढंगले मनाए भने कतिपयले नदी किनाममै गएर छैठ पर्व मनाए ।

विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष भने त्यति उत्साहजनक छैनन् ।

इनरुवा सहित हरिनगर, देवानगञ्ज, वर्जु, गढी, दुहवीबूढीखोला, लौकही , कोशी, भाण्टाबारी सहितका स्थानमा भक्तजनहरुले छैठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरेका हुन ।

प्रकृतिको पूजा गर्दै मनाइने छैठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियतारुपमा सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।

अस्ताउदो र उदाउँदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर