समाज

संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भयोः कानुनमन्त्री तुम्बाहाङ्फे
१२ मंसिर, काठमाण्डौँ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताउनुभएको छ । यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो । आज काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा संन्चालनका लागि अनुभव आदान प्रदान एंवम अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले अधिवेशनका लागि गते नै भने टुंगो नलागेको तर नियमित अधिवेशन सुरु हुने बताउनुभयो । कर्मचारीलगायत सबैलाई पूर्वतयारी गर्न..

मनमोहन प्राविधिक विश्वविद्यालयमा मुख्यमन्त्रीद्धारा पारामेडिकल भवनको शिलान्यास
१२ मंसिर, मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पारामेडिकल भवनको शिलान्यास भएको छ । कुल १२ करोड ३१ लाख रुपैयाँमा निर्माण हुने चार तले भवनको बिहीबार विश्वविद्यालयका कुलपति तथा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको हो । बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन विश्वविद्यालयको परिसरमै बन्न भवन समयमै सम्पन्न हुने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले प्रदेशमा..

कांग्रेसका शीर्षहरु नेताहरुसंग भारतीय विदेश सचिवको भेटवार्ता
१२ मंसिर, काठमाण्डौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी हुनुहुन्थ्यो । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुग्नुभएको थियो । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा मात्र सीमित भएको थियो । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले..

गुल्मीमा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु
११ मंसिर, गुल्मी । गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इश्मा गाउँपालिका वडा नं. ४ हुलका ६५ वर्षका डम्बर बहादुर हितान, ३३ वर्षियका शिव बहादुर दर्लामी, ३३ वर्षका धन बहादुर अछामी, ३० वर्षका बसन्त दर्लामी र..

स्थानियले नियन्त्रणमा लिएको हरिणलाई प्रहरीले बन कार्यालयमा बुझायो
११ मंसिर, मोरङ । मोरङको रंगेली नगरपालिकामा स्थानियले नियन्त्रणमा लिएको जंगली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायार्लय मोरङका अनुसार रंगेली नगरपालिका वडा नम्वर ३ मा पोखरी छेउमा आएको भाले हरिण स्थानियवासीले आज नियन्त्रणमा लिएका थिए । स्थानियले हरिण नियन्त्रणमा लिएको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट त्यहाँ पुगेको प्रहरी टोलीले उक्त हरिणलाई आमतोला स्थित सब डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कायार्लय मोरङले जनाएको छ..

आज थपिए १६ सय १४ जना कोरोना संक्रमित
११ मंसिर, काठमाण्डौँ । नेपालमा आज १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या खुई लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज एक हजार चार सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमीत पत्रकार सम्मेलनमा जनाईएको छ ।

नेपाल–भारत परराष्ट्रसचिव स्तरीय बैठक सम्पन्न
११ मंसिर, काठमाण्डौँ । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डल स्तरीय बैठक सम्पन्न भएको छ । सो द्विपक्षीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गर्नुभएको हो । काठमाण्डौँमा आज भएको द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चार्टर्ड जहाजबाट आज बिहान नेपाल आइपुग्नुभएका श्रींगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै पत्रकारहरूसँगको प्रतिक्रियामा नेपाल–भारत..

ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन
१० मंसिर, काठमाण्डौँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार कोभिडका कारण अर्काे मिति नतोकिएसम्मका लागि ट्रेड युनियनको निर्वाचन निर्वाचन स्थगन भएको बताउँनुभयो । त्यसअघि सरकारले गत असोज २४ गते..

बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदर्शन
१० मंसिर, महोत्तरी । बालिका हत्याको विरोधमा आज बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदर्शन भइरहेको छ । स्थानीय प्रशासनले विहानैबाट निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा मङ्गलबार बुद्धिराज न्यौपानेको मृत्यु भएपछि स्थिति झन् बिग्रिएको हो । न्यौपानेलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा लगिएपनि बचाउन सकिएको थिएन । उनको मृत्युपछि बर्दिबासमा आक्रोश बढेको छ । ६ वर्षीया गुलबसा खातुनको हत्यापछि बर्दिबासमा विरोध प्रदर्शन भएको हो ।..

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा कडाई गर्न राष्ट्रपतिको जोड
१० मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना..