हतियार सहित मोरङमा एकजना पक्राउ

हतियार सहित मोरङमा एकजना पक्राउ

९ मंसिर, सुनसरी । मोरङ मिक्लाजुङ १ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भनिने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउँसो सवा ३ बजे पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारेको जनाएको छ ।

हतियार सहित पक्राउ परेका श्रेष्ठ माथी हातहतियार खरखजना मुद्दा सम्वन्धी कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर