७ मंसिर, झापा । झापाको दमक–१ का चुडामणी भण्डारीले आफनै श्रीमतिको हत्या गरेका छन् ।
आज साँझ कमल–६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षिय श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
भण्डारीले के कति कारणले श्रीमतिको हत्या गरेका हुन भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
यद्यपी घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन । फरार भएका ति पुरुषका बारेमा थप केही थाहा हुन सकेको छैन ।