पर्यटनमन्त्रीद्धारा होचो भूभाग कचनकवल र चन्द्रगढी विमानस्थलको निरिक्षण

३० कार्तिक, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्नुभएको छ । कचनकवलको स्थलगत अनुगमन गर्नुहुँदै उहाँले यस क्षेत्रको विकासमा सघाउन सरकार सधैं तयार रहेको बताउनुभयो । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको हिजो शनिबार अवलोकन गर्दै मन्त्री भट्टराईले यस क्षेत्रलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो । भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको..

राष्ट्रको समृद्धि प्राप्तिका लागि एकतावद्ध हुनप्रधामन्त्रीको आह्वान

३० कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ..

लक्ष्मी पुजाकै साँझ प्रधानमन्त्रीको गृह नगर दमकमा पटक–पटक लोडसेडिङ

२९ कार्तिक, झापा । झापाको दमकमा लक्ष्मी पुजाकै साँझ पटक पटक लोडसेडिङको भएको छ । उर्जा मन्त्रालयले तिहारको समयभरी लोटसेडिङ हुँन नदिन पुर्व तयारी गर्न केहि समय अगाडी नै निर्देशन दिए पनि प्रधानमन्त्री केपी ओलीकै गृह नगर समेत रहेको दमकमा लक्ष्मी पुजाकै साँझ पटक पटक विद्युत् आपुर्ती बन्द भएको हो । लक्ष्मी पुजाको साँझ घरमा एैश्वर्यकी देवी लक्ष्मीको पुजाआराधाना संगै झिलिमीली बत्ती बाल्ने गरिन्छ । यसले गरेर विद्युत् भार अत्याधिक..

आज यमपञ्चकको तेस्रो दिन, धनकी देवी लक्ष्मीको पूजाआराधना गरिदैं

२९ कार्तिक, काठमाण्डौँ । आज यमपञ्चकको तेस्रो दिन । कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर गरी गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी..

इलामको नेपाल–भारत सीमा क्षेत्र कालपोखरीमा शसस्त्र प्रहरीको बीओपी स्थापना

२८ कार्तिक, इलाम । इलामको नेपाल भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा शसस्त्र प्रहरीको नयाँ बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । एक कार्यक्रमका बिच जिल्लाको तेश्रो बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल गिरी र प्रदेश सांसद खिनु लङ्वा लिम्बुद्धारा संयक्त रुपमा बीओपीको उद्घाटन गरिएको छ । पर्यटकीय क्षेत्र कालपोखरी आसपासका क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि..

इलाममा पहिलो पटक काग सम्मेलन सम्पन्न

२८ कार्तिक, इलाम । इलाममा पहिलो पटक काग सम्मेलन भएको छ । ‘बृहत १७ औं काग सम्मेलन २०७७’ इलाम नगरपालिकास्थित चोक बजारमा आज सम्पन्न भएको हो । हरेक वर्ष काग तिहारका दिन भएभरका कागलाई बटुल्न काग सम्मेलन गर्दै आइएको छ । यस वर्ष भने कागे राष्ट्रिय संगीतकर्मी समितिका केन्द्रीय उपाध्यक्ष तथा सम्मेलन कर्ता रमेश दुलालले पहिलो पटक आफ्नै गृहजिल्लामा आएर सम्मेलन गरेको राष्ट्रिय लोक सांस्कृतिक संघ तथा दुलाल बन्धु सेवा..

भारतीय सेनामा नेपाली युवालाई कम प्राथमिकता दिइने

२८ कार्तिक, काठमाण्डौँ । भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति ल्याएको छ । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारत सरकारले यस्तो नितिलाई अघि बढाएको हो । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे । नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए..

प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने

२८ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा गरिने भएको छ । उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्रीहरूको भने कार्तिक देखि २०७७ चैत्र सम्मको ५० प्रतिशत पारिश्रमिक कोषमा जम्मा गरिने भएको छ । कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दे संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।..

आज काग तिहार, यमदूतका रुपमा कागको पुजा गरिंदैँ

२८ कार्तिक, काठमाण्डौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष..

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

२८ कार्तिक, बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन्..