प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गरिने, वामपन्थी कट्टरपन्थीका कारण हिंसा भएको आरोप

प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गरिने, वामपन्थी कट्टरपन्थीका कारण हिंसा भएको आरोप


२० जेष्ठ, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने बताएका छन् । गत सोमबार प्रहरी हिरासतमा एक जना निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएपछि हिंसात्मकहरु प्रर्दशनहरु भैरहेका छन् ।

टेलिभिजन मार्फत सम्बोधन गर्दै ट्रम्पले एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको टिप्पणी गरे ।

देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई उनले आह्वान समेत गरेका छन् । यता न्यूयोर्कमा कफ्र्यू घोषणा गरिएको छ । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन ्।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ । फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन् ।

पहिला गरिएको परीक्षणमा भने अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो । एक साताअघि भाइरल भएको भिडिओमा एकजना श्वेत प्रहरीले फ्लोइडले ‘सास फेर्न गाह्रो भयो’ भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर घुँडाले थिचिरहेको देखिन्छ ।

यसपछि हत्याको विरोध र न्याय माग्दै भएको प्रदर्शनले अमेरिका अशान्त बनेको छ ।

नियन्त्रणमा लिने क्रममा अध्याधिक बल प्रयोगका कारण मारिएका अफ्रिकी मूलका जर्ज फ्लोइडको मृत्युको विरोधमा साता दिनदेखि अमेरिका अशान्त छ ।

शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि ट्रम्पले यो निर्णय लिईएको बताईएको छ ।

उनले दशककै सबैभन्दा खराब नस्लीय र नागरिक अशान्ति घटनामा गभर्नरहरूको प्रतिक्रिया कमजोर भएको आरोप लगाएका छन् ।

ट्रम्पले हिंसाका लागि वामपन्थी कट्टरपन्थी जिम्मेवार रहेको आरोप लगाएका छन् । तर, आलोचकहरूले भने राष्ट्रपति ट्रम्पले समाज विभाजन पैदा गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर