उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक

उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक

२० वैशाख, काठमाण्डौँ । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।

किमको स्वास्थ्यबारे फैलिरहेको अनेक हल्लाकाबीच उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ ।

केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरूसहित उपस्थित भएका हुन् ।

रोडोङ सिन्मुन अखबारको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिएका फोटोहरुमा किमलाई हाँस्दै गरेको र रिबन काट्ने समारोहमा सहयोगीहरूसँग कुरा गरिरहेको देख्न सकिन्छ ।

किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहँदा उनी सार्वजनिक भएका हुन् । यसअघि उनी मृत भइसकेको सम्मका समाचारहरु बाहिर आएका थिए ।

हालैमात्र कोरियाली सेन्ट्रको वानसनस्थित निवासको स्याटलाइट तस्बिर सार्वजनिक भएको थियो । तस्बिरमा रेल रोकिएको थियो । प्रायः निजी विमानमा यात्रा गर्ने किम जोङ उनको कम्पाउन्डमा रेल राखिनुलाई उनी गम्भीर विरामी परेको र विमानमा यात्रा गर्न नसक्ने अवस्थामा रहेको अनुमान गरिएको थियो ।

यसअघि किम जिवितै रहेको पुष्टि भइसकेको थियो । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरेको थियो । किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन क्षेत्रमा निर्माण गर्नेहरुलाई आभार प्रकट गरेका थिए ।

११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका थिएनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए । उनले १५ अप्रिलमा हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्तीमा सहभागिता जनाएका थिएनन् । उनको मुटुको शल्यक्रिया भएको विषय पनि बाहिर आएको थियो । चिनियाँ स्वास्थ्य टोली उत्तर कोरियामा उनको उपचारका लागि पुगेको खबर हिजो आएको थियो

प्रतिक्रिया:

सम्बन्धित खवर