अमेरिकाले चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने

अमेरिकाले चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने


२२ जेष्ठ, काठमाण्डौँ । अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ ।

उसले जुन १६ गतेदेखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो ।

आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ ।

गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः सेवा सुरू गर्ने अनुमति दिन आग्रह गरेको थियो ।

तर चिनियाँ उड्डयन विभागले भने घरेलु तथा विदेशी कम्पनीहरूलाई त्यस्तो कुनै पनि अनुमति दिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अध्यागमन विभागलाई चीनबाट आउने गैर–अमेरिकी यात्रुहरूको अमेरिका प्रवेशमा रोक लगाउने आदेश दिएपछि अमेरिकी विमान कम्पनीले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै फरवरीमा चीनबाट हुँदै आएको हवाई उडान बन्द गरेका थिए ।

यध्यपी अमेरिका डेल्टा र युनाइटेड एयरलाईन्सले चीनमा हुने कार्गाे उडान भने जारी राखेका थिए । उनीहरूले यसै महिनाबाट पुनः यात्रुसेवा सुरू गर्न चीनसँग अनुमति मागेका छन् ।

अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनुपरेको स्पष्ट पारेको छ ।

अमेरिकी यातायात कार्यालयका अनुसार लगायतार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनयता कोरोनाको संक्रमण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको अमेरिकी आरोप र हङकङको स्वायत्तताको विषयमा अमेरिकाले चीनमाथि लगाएका आरोपका कारण दुवै देशबीचको सम्बन्ध बिग्रिएको हो ।

चीनको मात्र कुरा सुनेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहायता कटौती गर्दै सम्बन्ध बिच्छेद भएको घोषणा गरिसक्नु भएको छ ।

यस्तै केही साताअघि मात्र कोरोनाको महामारी अन्य देशमा फैलाएर अनुचित व्यापारमा लागेको भन्दै अमेरिकाले चीनमाथि आरोप लगाएको थियो ।

यता चीनले भने हङकङको स्वायत्तता र सुरक्षा कानुनको विषयमा अमेरिकाले अनावश्यक चासो राखेको टिप्पणी गरेको छ ।

अमेरिकाको यो निर्णयसँगै सन् १९८० मा दुई देशबीच भएको हवाइ सम्झौता उल्लंघन भएको छ ।

-एजेन्सी

प्रतिक्रिया:

सम्बन्धित खवर