नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा दंगाल निर्वाचित

१२ जेठ, शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई, उपसचिवमा सागर राई निर्वाचन भएको निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए । शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला,तेजेन्द्र घिमिरे, दिलिप कुँवर, भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्र प्रसाद थापा निर्वाचित भएका हुन् । त्यसैगरी आदिबासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे,..

पाँचथरको हेवाँखोलामा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

१२ जेठ । पाँचथरको हेवाँखोलामा शुक्रवार साँझ गाडी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । त्रिशक्ती कन्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्वरको फा‘च्र्युनर टोयोटा कम्पनी को गाडी शुक्रवार साँझ पौने ६ बजे दुर्घटना परेको हो । दुर्घटनामा परी गाडीका चालक नेपालगञ्ज घर भएका करिब ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यू भएको बताइएको छ । दुर्घटनामा इलाम घर भएका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन । उनलाई पाँचथर अस्पतालमा..

झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु

१२ जेठ । झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ । शक्रबार अपराह्न ५ः३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । छिमेकीका अनुसार..

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगेको आरोपमा एकजना पक्राउ

१२ जेठ । प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । पासवानले कटहरी–५ बस्‍ने सम्पतलाल झागडका..

राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा

१२ जेठ । रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ । उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत आयोजनाको १११..

आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का

१२ जेठ । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन्..

कैलाश सिरोहिया अस्पताल भर्ना

१२ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा..

हरिकेन्समाथि नेपालको रोमाञ्चक जित

१२ जेठ । नेपालले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन..

सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

१० जेठ । मुगुस्थित रारा विमानस्थलमा सिता एयरको विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते भएका छन्। बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन्। विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका बेला चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरीले जानकारी दिएको..

विश्वप्रकाश भन्छन्- दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताएका हुन् । ‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजु/भाउजूमाथि, माइजू/मामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’ छानबिनका क्रममा..