विशेष

जाभीको बिदाइ खेलमा बार्सिलोनाको जित
१४ जेठ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी अन्त्य गरेका छन्। बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे। खेलपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरेका थिए। बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्काे सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ। लगातार चार हार बेहोर्दै १४औँ स्थानमा रहेको सेभियाका लागि युसुफ एन..

ओलीले गृहमन्त्री लामिछानेलाई प्रयोग गरिरहेको कांग्रेस महामन्त्री शर्माको टिप्पणी
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए । ‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर..

मुलपानी क्रिकेट मैदान निर्माणको लागि ५० करोड प्रस्ताव
१३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंको मुलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मुलपानी क्रिकेट रंगशालामा निर्माणमा ५० करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ । मन्त्रालयले पुँजीगततर्फ झण्डै १ अर्ब २१ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । जसमा झण्डै आधा रकम मुलपानी क्रिकेट रंगशाला निर्माणमा रहेको छ । पूर्वाधार निर्माणमा क्रिकेट प्राथामिकतामा..

कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री
१३ जेठ । कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री र असिस्टेन्ट रहने भएका छन्। अर्जेन्टिनाको ब्यूनस आयर्समा शुक्रबार महिला म्याच अफिसियल नियुक्त गरिएको हो। प्रतियोगितामा अमेरिकाकी मारिया भिक्टोरिया पेन्सो र ब्राजिलकी एडिना अल्भेस रेफ्रीको भूमिकामा रहनेछन्। ब्राजिलकी नेउजा ब्याक, कोलम्बियाकी मेरी ब्लान्को, भेनेजुएलाकी मिग्डालिया रोड्रिग्वेज र अमेरिकाकी ब्रुक मायो र क्याथरीन नेसबिट सहयोग भूमिकामा रहने छन्। निकारागुआकी तातियाना गुज्मानले भिडियो एनलाइसिस गर्ने छिन्। ‘यो सन् २०१६ देखि कोनमेबोलले लिएको प्रतिबद्धता..

आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ- परराष्ट्रमन्त्री श्रेष्ठ
१३ जेठ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढाउने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दै गरेको बताएका हुन् । उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भएको बताए । त्यस्तै नेपालीहरू चीन जान भिसा निःशुल्क भएको पनि उनले उल्लेख गरे । उनले भने, ‘कोभिड..

संसद् अवरोध भोलिसम्म अन्त्य हुने प्रधानमन्त्रीको आश्वासन
१३ जेठ । प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध भोलिसम्म अन्त्य हुने बताएका छन् । संसद् सुचारु गर्ने विषयमा आफूले पहल गरेको र आजै प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको घरमा गएर छलफल गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको बताउँदै संसद् अवरुद्ध गर्न आवश्यक नभएको बताए । प्रधानमन्त्री प्रचण्डले भने– ‘अवरोधका बिच आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि जवाफ दिनुपर्दा मलाई नमिठो पनि लागेको छ..

सत्ता र प्रतिपक्षको टकराव दु:खद् छ- माधव नेपाल
१३ जेठ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको टकराव दुःखद् भएको बताएका छन् । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै उनले भने, ‘अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ । कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ । नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद्..

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा..

सरकारको नीति तथा कार्यक्रम पारित
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन । आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका..

मन्त्री चौधरीद्वरा कञ्चनपुरको बाल संगठन अनुगमन
१३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन् । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो । मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा..