एटलान्टाले लगायो लेभरकुजनको अपराजित यात्रामा ब्रेक

१० जेठ । अन्तत: जर्मन क्लब बायर लेभरकुजनको अपराजित यात्रा अन्त्य भएको छ। मंगलबार राति सम्पन्न युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएसँगै लेभरकुजेनको अपराजित यात्रा अन्त्य भएको हो। लेभरकुजनले यसपटक ५२औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको थियो। उक्त कीर्तिमानमा ब्रेक गर्न एटलान्टाका अडेमोला लुकम्यानले ह्याट्रिक गरे। अविभा स्टेडियममा सम्पन्न खेलको १२, २६ र ७५औँ मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

प्रधानमन्त्री भन्छन्- गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ

१० जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताृका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिंदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण..

निक्की हेलीको समर्थन ट्रम्पलाई

१० जेठ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् । हेली ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी गत मार्च महिनाको सुरुवातमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । त्यतिबेला उनी ट्रम्पको पक्षमा खुलेकी थिइनन् । तर बुधबार भने उनले राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडनको आलोचना गर्दै ट्रम्पलाई भोट हाल्ने बताइन् ।..

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ- श्रेष्ठ

९ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरुरी बताए । जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै उनले सहभागीको ध्यानाकर्षण गराए । पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको..

विनोदकुमार शाहले लिए मन्त्रीको शपथ

  ९ जेठ । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए । अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।

कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश

९ जेठ । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो । उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे न्यायाधीश चुडामणि खड्काको इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् । दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी..

प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

९ जेठ, काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्‍यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् । ‘जुन परिस्थितिमा,..

इलाम ट्राफिक प्रहरीको सक्रियता बढ्यो

९ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले यात्रुवाहक तथा मालवाहक गाडी सहित तिनपाङग्रे र मोटरसाइकलको गति मापन गर्नुका साथै कागजपत्र, सवारी लाइसेन्स चेकजांच तथा जनचेतनामूलक कार्यक्रमहरुलाई अघि बढाएको हो । पछिल्लो समय इलाममा सवारी दुर्घटना बढे पछी सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ। सडकमा दुर्घटना न्यूनीकरण..

नेपालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्तित्व खतरामा पर्ने भन्दै चौधरीले गरे चिन्ता

९ जेठ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिंदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले..

काभ्रेमा दम्पतीको हत्या

९ जेठ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको..