९ साउन, झापा । झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि दुई वटा कुकुरबाट ‘डग स्न्यापिङ’ गरिएको छ । बिहीवार प्रदेश प्रहरी कार्यालय ‘के नाईन’ शाखा धरानको टोलीले मेचीनगरको विभिन्न स्थानमा पहिचानको काम गरेको थियो ।
बिहीवार साँझ झापा मेचिनगर ९ झोडास्थित क्षेत्रबाट पहिचानको काम सुरु गरिएको थियो । टोलीले मेचीनगर –९ झोडा, लिलाबस्ति, खुट्टिडाँगि, वडा नं. १० को पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा डग स्नापिङ गरिएको झापा प्रहरीले जनाएको छ ।
डग स्न्यापिङको क्रममा मेचीनगर ९ झोडा बस्ने बर्ष २४ को रोशन डाँगीको साथबाट लागुऔषध ट्याप्लेट ६८ क्याप्सुल ट्रामाडोल, लागुऔषध सेवनकर्ता २२ वर्षीय अर्जुन दर्जी र लिलाबस्ती बस्ने बर्ष २८ को रविन राजबंशीको साथबाट प्लाष्टिक सहित १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
लागु औषध सेवनकर्ताहरु तथा कारोबार गर्नेहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ ।